सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

दीपा राईको एकल कविता वाचन कार्यक्रम सम्पन्न

कार्यक्रममा जगदीश बराल र भूपिनले कवि राईको व्यक्तित्वका बारेमा चर्चा गर्नुभएको थियो । कवि राई प्रकृतिलाई बेस्सरी माया गर्ने र विशेषगरी फूलहरूसँग खेल्न रुचाउने स्वभावकी भएको कवि भूपिनले बताउनुभयो ।

Nepal Telecom ad

चितवन, ०८० जेठ ८ । अक्षर समूह चितवनले गैंडाकोटको नारायणी रिसोर्टमा आयोजना गरेको दीपा राईको एकल कविता वाचन कार्यक्रम सम्पन्न भयो ।

कार्यक्रमको पहिलो चरणमा मातृमन्त्र, खुसी, समय रुख र म, त्रासद र पौरुष गरी ६ वटा कविता सुनाउनुभयो । कविले कविता वाचनका क्रममा रचनागर्भ पनि सुनाउनुभयो । पहिलो चरणका कविता उहाँले ञदियोको अन्तिम लप्का र शरद्का पहेँला पातहरूझ कवितासङ्ग्रहबाट प्रस्तुत गर्नुभएको थियो ।

दोस्रो चरणमा उहाँले छुटेको बागदाता कवितासङ्ग्रहबाट ६ वटा कविता प्रस्तुत गर्नुभयो ।

कार्यक्रममा जगदीश बराल र भूपिनले कवि राईको व्यक्तित्वका बारेमा चर्चा गर्नुभएको थियो । कवि राई प्रकृतिलाई बेस्सरी माया गर्ने र विशेषगरी फूलहरूसँग खेल्न रुचाउने स्वभावकी भएको कवि भूपिनले बताउनुभयो ।

कार्यक्रममा राईको कृतिमाथि रञ्जना लिम्बुले टिप्पणी गर्नुभएको थियो ।

कवि फूलजस्तै शान्त स्वभावकी भए पनि कवितामार्फत विद्रोहका आवाजलाई उठान गरेको रञ्जनाले बताउनुभयो ।

अर्का वक्ता उदय अधिकारीले कविताका बेनामे फूलहरूमा कविको अस्तित्व देखिएको बताउनुभयो । अक्षर समूह चितवनले आयोजना गरेको कार्यक्रम रमेश प्रभातको अध्यक्षतामा सम्पन्न भएको थियो ।

०००

Fitkauli Publication Books comming soon
Nepal Telecom ad