साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कमरेड सुनहरू !

सुनको काम- सत्तापक्ष वा प्रतिपक्षमा लागेर सम्सदमा भाग लिने होइन बेहुला पक्ष वा बेहुलीपक्षमा लागेर बिहेमा भाग लिने हो ! सुनको काम सांसद बनेर संसदको ढाड भाँच्ने होइन पाउजु बनेर छमछमी रत्यौली नाच्ने हो ।

Nepal Telecom ad

अर्जुन पराजुली :

कमरेड सुनहरू !
तिमी पार्टीको पदमा बस्ने होइन
बैङ्कको लकरमा बस्ने हो !
तिमी सत्तापक्ष वा विपक्षको भेषमा बस्ने होइन
‘सुन पसल न्यूरोड’को सोकेसमा बस्ने हो ।

कमरेड सुनहरू !
सुनको काम नेता बन्ने होइन
नेकलेस बन्ने हो !
सुनको काम सत्तामा झुन्डिने होइन
घाँटीमा झुन्डिने हो !
सुनको काम पार्टीको गजुर बनेर अल्किने होइन
पशुपतिको जलहरि बनेर टल्किने हो !
सुनको काम-
सत्तापक्ष वा प्रतिपक्षमा लागेर सम्सदमा भाग लिने होइन
बेहुला पक्ष वा बेहुलीपक्षमा लागेर बिहेमा भाग लिने हो !
सुनको काम सांसद बनेर संसदको ढाड भाँच्ने होइन
पाउजु बनेर छमछमी रत्यौली नाच्ने हो ।

कमरेड सुनहरू !
सुनको काम
मार्क्सवादी लेनिनवादी वा माओवादी बन्ने होइन
असर्फीवादी बन्ने हो !

०००
शितलपाखा, कीर्तिपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
कसले ?

कसले ?

अर्जुन पराजुली
म झोले होइन

म झोले होइन

अर्जुन पराजुली
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
तीजको बाङ्गो गीत

तीजको बाङ्गो गीत

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x