साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मुलुकी माटोमा

बाटो कता हो ? ह्वा…. तिम्रा हिसाबका हर्कतहरू अब घण्टी बज्यो समय सक्कियो ओई नेता साथी उप्रान्त दिनगन्ती गरौ त !

Nepal Telecom ad

माधवराज दाहाल :

भन्यौ परिवर्तन
र सुरु गर्यौ
बदलाबको अभ्यास
बेहिसाब हिसाब गर्यौ
उतिकै जोड्ड्यौ अङ्क
भाच्यौ औंलाका आख्ला
तिनले पुगेनन् र गन्यौ
खुट्टाका सम्म
तिम्रा जोडका जोर्नीहरू
छयालीस, सच्चालीस
ए’होई नेता साथी
हात पार्यौं कति
बतौ त !
मुलुकी माटोमा..

अनि भन्यौ
भरोसाको अभ्यास
बैसठ्ठी त्रीसठ्ठी
गरिबी घटाघट
घटाउ गर
केमा के घटायौ ?
उल्टै बढायौ
गरिबीको गुणन
ए होई नेता साथी अलिकति
जतौ त !
मुलुकी माटोमा

बीच्चैमा थप्यौ
समृद्धिको भागा
लघुत्तम, महत्तम खै के के हो
अल्जेब्राको अजीव
समीकरण अङ्क र अक्षर
पाइलै पिच्छेको अल्झो
ए’होई नेता साथी
अलिकति
सिकौ त !
मुलुकी माटोमा..

निराशाको बीऊ
अठहत्तर उनासी
एक पछि अर्को
अब र तब, ह्यान् र त्यान्
तिम्रा काइते हिसाब
हामीले बुझेनौं
प्रश्नै माथि प्रश्न हो
तिम्रो उत्तरको अपेक्षा
बाटो कता हो ?
ह्वा….
तिम्रा हिसाबका हर्कतहरू
अब घण्टी बज्यो
समय सक्कियो
ओई नेता साथी
उप्रान्त दिनगन्ती
गरौ त !

०००
सिन्धुली
हाल टेक्सास, अमेरिका

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
यक्ष प्रश्न

यक्ष प्रश्न

माधवराज दाहाल
लौरो

लौरो

माधवराज दाहाल
च्याँखे थाप्न थाले

च्याँखे थाप्न थाले

डा. बमबहादुर जिताली
हुन बाँकी के रह्यो ?

हुन बाँकी के रह्यो...

फित्काैली डटकम
आधुनिकता

आधुनिकता

हेमराज पन्त
भन रामलखन !

भन रामलखन !

निमेश निखिल
कृत्रिम बाैद्धिकता

कृत्रिम बाैद्धिकता

खगेन्द्र नेउपाने
​जिन्दगी के थाहा, बाँकी होला नै कति ?

​जिन्दगी के थाहा, बाँकी...

लक्ष्मण नेवटिया
0
Would love your thoughts, please comment.x
()
x