माधवराज दाहाललौरो
तन्त्र दोषी हुन्न भन्दियो गर्दा के नै हुन्न भन्दियो हाताहाती काम गन्दियो स्वरहरूमा लौरो गुन्जियो । तेरो मेरो हुन्न भन्दियो सबै हाम्रो भन्नु भन्दियो बाङ्गो ढाडमा लौरो सोझियो गर्छु मर्छु लौरो तम्सियो ।

माधवराज दाहाल :
कमै लेखिएको
नाम लेखियो
गर्दै नगरेको
काम देखियो
जसो भन्यो
उसै पस्कियो
जता बोल्यो
तैतै लम्कियो
शब्दहरुमा लौरो लेखियो ।
भद्दा खुट्टा
ठनक्क भाँचियो
लामा हात
च्वाट्ट काटियो
वाचा बन्धन
गजब कस्सियो
चिप्ला नारा
कुना थन्कियो
संगीतहरूमा लौरो घन्कियो ।
ईच्छा शक्ति
हलक्क हुर्कियो
मूर्दा शान्तिमा
क्रान्ति फर्कियो
तन्त्र दोषी
हुन्न भन्दियो
गर्दा के नै हुन्न भन्दियो
हाताहाती
काम गन्दियो
स्वरहरूमा लौरो गुन्जियो ।
तेरो मेरो
हुन्न भन्दियो
सबै हाम्रो
भन्नु भन्दियो
बाङ्गो ढाडमा
लौरो सोझियो
गर्छु मर्छु लौरो तम्सियो ।
०००
सिन्धुली
हाल : टेक्सास, अमेरिका ।
Subscribe
Login
0 Comments
Oldest






































