साइबर अपराध सम्बन्धी सचेतना सामग्री

प्रा.डा. जगमान गुरुङलाई ‘नेपाल ऋषि’ को उपाधि

विश्व हिन्दु महासंघकी कार्यवाहक अध्यक्ष कवि अस्मिता भण्डारीको अध्यक्षतामा सम्पन्न सो कार्यक्रमको पूर्व मन्त्री पशुपति शमशेर राणा प्रमुख अतिथि रहनु भएको थियो ।

Nepal Telecom ad

काठमाडौं, ०८० भाद्र १२ । होटल तपसामा विश्व हिन्दु महासंघले आयोजना गरेको कार्यक्रममा वरिष्ठ संस्कृति विद् डा. जगमान गुरुङलाई विश्व हिन्दु महासंघले ‘नेपाल ऋषि’को उपधिले सम्मानित गर्‍यो ।

विश्व हिन्दु महासंघकी कार्यवाहक अध्यक्ष कवि अस्मिता भण्डारीको अध्यक्षतामा सम्पन्न सो कार्यक्रमको पूर्व मन्त्री पशुपति शमशेर राणा प्रमुख अतिथि रहनु भएको थियो ।

कार्यक्रमका प्रमुख वक्ता प्रा.डा. जगमान गुरुङले “सामाजिक सदभाव र धार्मिक सहिष्णुता” को विषयमा धर्मिक, संस्कृति र जातजातिको समन्वयात्मक एकताको भवनाको विकास गरी नेपाल राष्ट्रको समुन्नति कसरी गर्ने भन्ने समन्वयात्मक प्रवचन दिनु भएको थियो ।

डा. गुरुङले- “हजारौ वर्षपहिलेदेखि नेपाल र नेपाली वहुभाषिक, बहुजातीय बहुधार्मिक बहुसाँस्कृतिकबीच आपसी समन्वयात्मक सम्बन्धमा रहँदै आएको र ऋषि महर्षिहरूको तपो भूमि गायत्री मन्त्रका प्रणेता कौशिक मुनिले गायत्री रचना गरेको महान तपोभूमि कहिल्यै कुनै जातजाति धर्म संस्कृतिका बीच मतभिन्नाता भएको पाइँदैन । सीता र बुद्धको जन्मभूमिमा हाम्रो हरेक चाडपर्वमा सहिष्णुता कामय रहि विकास भइआएको छ” भन्नु भयो ।

यस अवसरमा सामाजिक अभियन्ता सुतार कार्की सेवा समितिका केन्द्रीय अध्यक्ष दिव्यध्वज कार्कीले डा. गुरुङको विषयमा प्रकाश पार्नु भएको थियो ।

डा. जगमान गुरुङलाई सर्वप्रथम पुराणस्थल दोलखामा “नेपाल ऋषि”को उपाधिले सम्मानित गरिएको थियो । यसपछि साहित्यिक पत्रकार संघले आफ्नो स्वणर् महोत्सवको अवसरमा गत २०८० भदौ १३ गते सो उपाधिलाई अनुमोदन गरेको थियो ।

विभिन्न संस्थाका प्रतिनिधिहरूको बाक्लो उपस्थिति रहेको सो कार्यक्रममा विश्व हिन्दु महासंघकी कार्यवाहक अध्यक्ष कवि अस्मिता भण्डारीले आगामी दिनमा सबै संस्थाहरूलाई समेटेर लाने बताउनु भएको थियो ।

०००

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x