साइबर अपराध सम्बन्धी सचेतना सामग्री

भिखारी एसोसिएसन जिन्दावाद !

तर यो भिखारी भनौदा पनि मापाको हुन्छ नि । एकदिन त्यसको गति देखेर मैले एउटा सिङ्गै सिग्रेट दिएँ । सिग्रेट समातेर सिग्रेट मलाई फर्काउँदै भन्यो - सर म फिल्टरवाला सिग्रेट बाहेक अरु कुनै सिग्रेट पिउँदिनँ ।

Nepal Telecom ad

नगिता लेप्चा राई :

अखबारको हेडलाइन मात्र हेर्ने बानी छ । ब्याग टेबलमाथि राखी टेबलमा प्यूनले राखिदिएको अखबारका हेडलाइनहरू पढ़्न थालेँ । एउटा अचम्मको हेलाइनले मलाई आकर्षित पार्‍यो । हेडलाइन यस्तो थियो-
‘श्रमिक यूनियनको इतिहासमा थप संयोजन भिखारी एसोसिएसन स्थापित’ ।

बडाबाबु चक्रवर्ती । अखबारमा छापिएका समाचारहरूमाथि यिनको आलोचना शुरु हुन्छ । कुनै खबरले यिनी उत्तेजित हुन्छन्, कुनै खबरले यिनी प्रचण्ड रिसाउँछन् । आज भने अखबार हेर्दै यिनी मरिमरि हाँस्न थाले । समाचारको आलोचना गर्दाहुँदी यिनलाई केही थप्नै हुँदैन । यिनको कुरा लाबरजस्तो तन्केको तन्केकै हुन्छ । चक्रवर्तीबाबु अफिसै उचाल्ने गरी हाँसे… तर कसैले केही सोधेनन् । सोध्यो खतम । उनी आफै गन्गनिँदै गए- वाह ! वाह ! भिखारीहरूको पनि एसोसिएसन ? सबै पेशामा यूनियन बनिन सक्छ भने भिखारीले एसोसिएसन खोल्नु पाउँदैन र ? अन्य पेशा झैं भिख माग्नु पनि एउटा पेशा नै हो । यो स्वनियुक्ति योजना हो ।

खबरकागत पढ़ेको जस्तो गरी चेश्माको चेपबाट म चक्रवर्तीबाबु बोलेका हेरिरहेको थिएँ । मलाई हेर्दै उनको तर्क सुनाउन थाले – यो योजनाको सबैभन्दा वृहत् प्लस पोइण्ट के हो भने .यस पेशाको निम्ति कुनै प्रारम्भिक खर्च छैन । मात्र एउटा भिक्षा पात्र जोगाड़ गर्नुपर्छ सारा काम तमाम् । न कुनै क्यास चाहियो न ब्याङ्क ब्यालेन्स । भिख मागेर खानु र यसको एसोसिएसन बनाउने योजना मलाई साह्रै मनपरेको छ । गुड भेरी गुड…वेल डन बेगर्स् वेल डन ।

मलाई चक्रवर्तीबाबुको तर्क बेठिक लागेन । साँच्चै यो योजना उत्तम योजना लाग्यो मलाई पनि । के गर्नु चक्रवर्तीबाबुसित बोलि सक्नु छैन । अलिकति पनि उनको कुरालाई हाँ भन्यो कि सर्वनाश । तर यस योजनाको सफलता असफलता जनतावर्गमाथि निर्भर हुन्छ । यिनीहरूले मुक्त हस्तले दान नदिँदा भिख व्यापारीहरूको गणेश चित् हुनु पनि बेर लाग्दैन ।चोरी, डकैती, पाकेटमारी, लुटपाट, वा घूस खानुभन्दा बरु भिषा माग्नु निश्चय नै पेशा रुपमा धेरै बेस छ । यो पेशमा कुनै चिटिङ छैन । चलाकी छैन ।

भिखारीले भिख माग्ने पेशा जस्तै अन्य पेशामा पनि भिख माग्ने परम्परा छैन भन्नु ठूलो गल्ती हुन्छ । यस्ता भिख गुप्तिरुपमा खामभित्र वा थर्ड पर्सन मार्फत् दिने वा लिने चलन छ । लुकीछिपी भिख माग्ने यस्ताहरूलाई भद्र खानदानी बिहाइण्ड द कर्टेन भिखारी भन्न सकिन्छ ।

प्राचीन युगमा पनि भिख माग्ने चलन थियो । यस पेशाको सामाजिक अनुमोदन थियो । त्यस युगमा भिख माग्नेलाई भिक्षार्थी भनिन्थ्यो । अहिले भिखारीहरू इन्फ्योरिटी कम्पलेक्सका शिकार छन् भने त्यसताकाका भिक्षार्थीहरू त्यस्तो कुनै शिकारले ग्रसित थिएऩन् । त्यसबेलाका भिक्षादात र भिक्षाग्रहिताको सम्बन्ध नङमासु झै थियो । त्यसै युगको भिक्षाव्यवस्थामा गुरुगृहमा बस्दा घर-घरमा डुलेर आहार सङ्ग्रह गर्नु वाध्यतामूलक थियो । राज्यका राजकुमारहरूले पनि किन सङ्कोच, लाज नमानी गाउँ-गाउँ डुलेर भिक्षा माग्थे । कारण यसलाई शिक्षा हासिल गरने एउटा अविच्छेद्य अङ्ग मानिन्त्यो । ब्राह्मण समाजमा अहिले पनि वर्तमानको समयमा भिक्षादान प्रथा चालु छ ।

त्यसताक भिक्षार्थीलाई अपमान, छिःछिः र दूर-दूर गर्नु त परै जावोस् अवहेलना तिरस्कार गर्नु पनि अक्षम्य अपराध मानिन्थ्यो । अग्निशर्मा दुर्बासालाई कुटी बाहिर उभ्याएर राख्दा शकुन्तलाले कस्तो कैफियत दिनुपरेकी थिइन् त्यो एकपल्ट सोंची हेर्नोस् । आफ्नो मन्त्र बलले बुझेर मुनी कसरी बम्केका थिए । सीतादेवी यही डरको कारणले देवर लक्ष्मणको कुरा अमान्य गरी भिक्षुकरुपी रावणको खप्परमा परेकी थिइन् । दुइ नम्बरी गर्न पञ्चवतीमा दशमुखे आएका थिए त्यो सीतादेवीले ठ्याम्मै चाल पाउन सकिनन् । यदि चाल पाएकी भए चिम्टा, चिरुवा दाउरा वा बेलना जे पायो त्यसैले लखेट्ने थिइन् ।

भिखारीहरू ईश्वरका प्रतिरुप हुन् भन्ने स्वीकार गर्नोस् नगर्नोस् त्यो ठूलो कुरो होइन भन्ने चक्रवर्तीबाबुको तर्क छ । चक्रवर्ती बाबु एक्लै गन्गनाइनै रहेका छन्- भिख माग्नु निश्चय अपराध होइन तर भिखको नाममा कीराले खाएको चामल, कुहेको आँटा, बासी रोटी आदि कुखाद्य कुनै पनि भिखारीलाई दिनु अपराध नभए पनि पाप चैं हण्ड्रेड पर्सेण्ट हो ।

चक्वर्तीबाबु आफ्नो तर्क छाँट्छन् यसरी- अ बेगर ह्याज नो चोइज अङ्ग्रेजीमा भनिन्छ । त्यो नपत्याउन र टुङ्गो न पुच्छरको कुरो हो । एकजना भिखारीलाई म चिन्छु । त्यसले सिनेमा हलको ग्राउण्डमा फ्याँकिएका सिग्रेटका ठुटाहरू टिपी चिया दोकानको माचिसले बालेर पिउने गर्छ । फेरि इण्टरभलमा धेरै दर्शकले टोयलेटको छेउमा तीन-चार सर्को तानेर फ्याँकेका सिग्रेट टिपी सरसरती तान्ने गर्छ त्यसले । तर यो भिखारी भनौदा पनि मापाको हुन्छ नि । एकदिन त्यसको गति देखेर मैले एउटा सिङ्गै सिग्रेट दिएँ । सिग्रेट समातेर सिग्रेट मलाई फर्काउँदै भन्यो – सर म फिल्टरवाला सिग्रेट बाहेक अरु कुनै सिग्रेट पिउँदिनँ ।

भिखारीविरुद्ध जति नै रिसाए पनि चक्रवर्ती बाबुलाई भिखारीप्रति सफ्ट कर्नर चाहिँ छ । यसै र उनी भन्छन् – भिखारीहरू मनका राजा हुन् । धरती उनीहरूको खाट अनि आकाश छान । भिखारीप्रति मेरो असिम श्रद्धा छ । यिनीहरू ढुक्कैले भिख माग्छन् । यिनीहरूको बटुका वा टोक्रेमा पचास पैसाको क्वोइन हालिदिनोस्…नो अब्जेक्सन ।

मेरो मुख यस्तो चिलाएर आएको थियो । तर बोलिनँ केही । बोल्यो चक्रवर्तीबाबुको संवाद अफिसभरि फैलिन्छ । मनमनै भने, जानोस् न अहिले गएर कुनै पनि भिखारीको टोक्रेमा पचास पैसाको क्वोइन् हालिदिनोस् । त्यहाँबाट भिखारीको एटिट्यूड हेर्नोस् । दस रुपियाँभन्दा कम्ति पैसा भिखको रुपमा दियो भने लिन्न तेरो यो पैसा भनी घुर्की देखाई बाटो तताउँछन् । अचले सरकारी कार्यालयमा कार्यरत् चपरासीदेखि लिएर बड़े बड़े हाकिमसमेत इण्डाइरेक्टली भिख माग्न पल्केका छन् । चस्ता भिखबाबुहरूको भिखको एउटा रेट तोकिएको हुन्छ । त्यो रेट जबसम्म फुलफिल् हुँदैन तबसम्म न तपाईको न त मेरो नै फाइलको धूलो झर्दैन ।

चक्रवर्तीबाबु पनि उही…

०००
खोलाचन्द फाप्री, सिलगड़ी भारत

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
अनुहार

अनुहार

नगिता लेप्चा राई
तन्किने कुरा

तन्किने कुरा

नगिता लेप्चा राई
अनुहार

अनुहार

नगिता लेप्चा राई
सुव्यवस्था

सुव्यवस्था

सुरेशकुमार पाण्डे
नेताको व्यथा

नेताको व्यथा

रामकुमार पाँडे
अज्ञानताको विज्ञान

अज्ञानताको विज्ञान

शिवप्रसाद जैशी
जङ्गली समाज !!

जङ्गली समाज !!

कलानिधि दाहाल
0
Would love your thoughts, please comment.x
()
x