साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सत्ता

ए, क्रान्तिको मसाल बोक्नेहरू ! के तिमीलाई थाहा छ सत्ता भनेको सधै विष्णु हो र, विष्णुले जहिले पनि अरूलाई चुकाउने गरेको छ र, विष्णुले जहिले पनि अरूलाई चुकाउने गरेको छ !!

Nepal Telecom ad

दिनेश अधिकारी :

जसरी पनि
जालन्धरलाई मार्नैपर्ने
उद्देश्यमा समर्पित छ विष्णु
र, उसका लागि ठूलो चुनौती
बृन्दाको निष्ठा भएको छ ।
शक्तिले नसकेपछि
षड्यन्त्रमा ओर्लन्छ देउता पनि
विष्णु
जालन्धरको भेषमा
बृन्दाको सतित्त्व हरण गर्न उद्यत भएको छ
बृन्दासँग
जालन्धरजस्तै बोलिरहेछ
जालन्धरजस्तै हाँसिरहेछ
जालन्धरजस्तै जिस्किरहेछ
र, जालन्धर हुनुको विश्वासमा पारेर
एउटै ओछ्यानको आनन्द भोग्न खोजिरहेको छ ।
म अनुभूत गरिरहेछु
मैले भोगिरहेको
अहिलेको समय पनि विष्णुमय भएको छ ।
ए, क्रान्तिको मसाल बोक्नेहरू !
के तिमीलाई थाहा छ
सत्ता भनेको सधै विष्णु हो
र, विष्णुले जहिले पनि
अरूलाई चुकाउने गरेको छ
र, विष्णुले जहिले पनि
अरूलाई चुकाउने गरेको छ !!

०००
काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
समयसँग

समयसँग

दिनेश अधिकारी
‘नेतारोग’ लागेको मान्छे !

‘नेतारोग’ लागेको मान्छे !

राजेन्द्र तारकिणी
मोबाइल

मोबाइल

उत्तम विचार
भाषा कविता

भाषा कविता

खगेन्द्र नेउपाने
बादल र मानिस

बादल र मानिस

लक्ष्मण नेवटिया
अलगअलग बाटो

अलगअलग बाटो

श्याम प्रधान
0
Would love your thoughts, please comment.x
()
x