साइबर अपराध सम्बन्धी सचेतना सामग्री

भुकाइ र ढुकाइ

यिनीहरुले देख्नै नहुने भनेको चाहिँ बोरा बोक्ने, ठेला चलाउँने, भकारो सोहोरेर जीवन धान्ने आदि आदि हुन् । नभुकी भगाउन वा झुकाउन सकिँदैन भन्ने यिनीहरुको मूल नीति र मार्गदर्शक शिध्दान्त पनि हो ।

Nepal Telecom ad

गाेपेन्द्रप्रसाद रिजाल :

अभिधा अर्थमा भुक्नु भनेको कुकुरको कराइ हो । ढुक्ने चाहिँ भर्सेलीमाथि न्यानु ताप्दै मालिक मालिक्नी जागेपछि भुक्नेले आची चाट्न नभ्याउँदै मालिक मालिक्नीको खुट्टामा म्याउँ म्याउँ गर्दै पुच्छर डोलाउँदै स्वादे जिब्रो फट्कार्ने बिरालो ब्राण्ड । बिरालो ब्राण्डमा मालिकका नाता गोता आफन्त आदि पर्दछ्न् । यस्लाई थन्क्याएर आज भने भुकाइ महात्म्य ।

भुकाइ नानाथरिका हुन्छ्न । कुनै भुकाइ महलको चौघेरा भित्र, देख्दै डरलाग्दो, घाँटीमा कुन जातको भुक्ने हो भन्ने परिचय खुल्ने फिता झुण्डिएको घ्वाङ्ग घ्वाङ्ग गर्दै थर्किने गरि , मालिकको रक्षार्थ खटिएको भुकाइ । जसले स्वनाम धन्य एकजोर हातले दस ठाउँ नमस्कार र बीस ठाउँ हात मिलाउँदै आफ्नु अनुकुल चाँजोपाँजो मिलाइ महल छिरेका नेता नेतीगणले पालेका दुई खुट्टे स्वाँठरुपि स्वानहरु । उनीहरुको धर्म-कर्म जे भने पनि आफ्ना मालिक बाहेक अरुलाइ झम्टन्छ्न् । निगाले चितुवाले बाख्राको पाठो झम्टिए झैँ ।

अर्को दुई खुट्टे भुकाइ सडकमा, गल्लीमा, चोकमा जिब्रोबाट पसिना चुहाउँदै; बिजुलीको पोल, फुलको बिरुवा, पोथ्रातिर तुर्क्याउँदै घोक्रो फुल्ने गरि भुक्ने भुकाइ । यिनीहरु आफ्नु मालिकको रक्षार्थ खटिएका झुण्डवाला हुन्छ्न । एउटा अगाडि लागेर भुकेपछि – पछि पछि त्यही भाका दोहोर्याउँदै निकै ठूलो भुक्नु यिनीहरुको कर्तव्य हो ।
बेला बेला अर्को अर्को मालिकले फुकाएका भुक्नेसँग भेट हुँदा चिथोरा चिथोर पनि चल्छ । उनीहरुको ज्यानमा सानू चोटमात्र लाग्यो भने कुईं —-कुइँ गर्दै भाग्न र माग्न भ्याउँछ्न् । यस्तो चोटमा निकै फाइदा हुने हुने भएकोले भुकाइ पनि निकै गतिलो हुन्छ । यिनै मध्येको जखमले भुकाइ नै पछि महलको फितामा बाँधिएर भुक्ने हो ।

अर्को हुन्छ ख्याउटे भुकाइ । जिउ भरी लुतो बोकेरै भए पनि मालिकको जुठोपुरोले भाग नपुगेर सडकको फोहोर र डङ्गुर खोस्रदै पेट फुलाएर घाँटीका नशा तन्काउँदै भुक्छ्न् । यस्ताको पहिलो लक्ष भनेको मालिकको आदेशमा भुक्न बढुवा हुनु हो । तर यस्तो भुकाइमा कहिलेकाहीँ प्रशासन रुपि रेविज लागेर सोत्तर पनि हुन्छ्न । यिनीहरुले देख्नै नहुने भनेको चाहिँ बोरा बोक्ने, ठेला चलाउँने, भकारो सोहोरेर जीवन धान्ने आदि आदि हुन् । नभुकी भगाउन वा झुकाउन सकिँदैन भन्ने यिनीहरुको मूल नीति र मार्गदर्शक शिध्दान्त पनि हो ।

अब भन्नुहोस- तपाईं हामी कुन किसिमको भुकाइमा पर्छौं ?

यो लेखोट पढेर कन्सिरी ताते – नाक खुम्च्याउँदै, जिब्रो फट्कार्दै, कान ठाडा पारेर झन थर्किने गरि भुक्नु होला । हात्तिलाई केही असर गर्दैन । जदौ !!!

०००
पाँचथर ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
कालो कोट

कालो कोट

गाेपेन्द्रप्रसाद रिजाल
चटनी

चटनी

गाेपेन्द्रप्रसाद रिजाल
स्वार्थ

स्वार्थ

गाेपेन्द्रप्रसाद रिजाल
फुलमन्त्रीले रक्सी छाड्यो रे…

फुलमन्त्रीले रक्सी छाड्यो रे…

गाेपेन्द्रप्रसाद रिजाल
पुरोहित बाको टुपी

पुरोहित बाको टुपी

गाेपेन्द्रप्रसाद रिजाल
खुकुरीः अहिंसा र टोपी

खुकुरीः अहिंसा र टोपी

गाेपेन्द्रप्रसाद रिजाल
सिल्किनेहरूको नाउँमा

सिल्किनेहरूको नाउँमा

शिवप्रसाद जैशी
अभिसप्त बुढ्यौली

अभिसप्त बुढ्यौली

मीनप्रसाद लामिछाने
नबास्ने भाले

नबास्ने भाले

रामप्रसाद अर्याल ‘अविराम’
अनन्त शून्य

अनन्त शून्य

डा. टीकाराम पोखरेल
0
Would love your thoughts, please comment.x
()
x