साइबर अपराध सम्बन्धी सचेतना सामग्री

म खै के सुनाऊँ नयाँ हालचाल

‘कहाँ जिन्दगीको सफा मूल फुट्छ- कहाँ स्वच्छ सिद्धान्तको कोल घुम्छ ?’ ‘कतै तथ्यताको सही विन्दु हुन्न, कतै सत्यताको महासिन्धु हुन्न ।

Nepal Telecom ad

केशवराज आमोदी :

जहाँ ढालियो युद्धले राजतन्त्र
त्यही गाडियो सानले लोकतन्त्र
रहेको छ कालो अझै हेर दाल
म खै के सुनाऊँ नयाँ हालचाल ? १

लगी गाडिदैमा कुनै वृक्ष हेर !
कहाँ गड्छ माटोबिना सत्य हेर !
छ ढल्दै यहाँ नक्कली दम्भ-तन्त्र
कहाँ टिक्छ थामी कतै भोगतन्त्र । २

‘कहाँ हुन्छ संस्कारको आज चर्चा-
कहाँ हुन्छ यात्रा भई शून्य खर्च ?’
झटारो नहानी कहाँ खस्छ आँप
बिना स्वार्थ थापिन्न व्यर्थै धराप । ३

उडाई गफैले सभामा हँसाई
खुदै व्यङ्ग्य मन्तव्य तिखो चलाई ।
लगाएर ताला कठै ! बोल्न दिन्नन्-
छ खाँचो कहाँ के कतै खोल्न दिन्नन् । ४

‘कहाँ जिन्दगीको सफा मूल फुट्छ-
कहाँ स्वच्छ सिद्धान्तको कोल घुम्छ ?’
‘कतै तथ्यताको सही विन्दु हुन्न,
कतै सत्यताको महासिन्धु हुन्न । ५

बढे दासका दास आशा सँगाली-
कुदे राष्ट्रको द्रोह गर्ने अँगाली,
छ सत्तासितै दस्युको घोलघाल-
म खै के सुनाऊँ नयाँ हालचाल ? ६

०००
चितवन

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
पीडा

पीडा

हेमराज पन्त
अच्छा लेकिन चाइनेजो ग्याँस कैले पाइने हो ?

अच्छा लेकिन चाइनेजो ग्याँस...

रणबहादुर बुढाथोकी ‘भैया’
बादल र मानिस

बादल र मानिस

लक्ष्मण नेवटिया
सुशासनको चुरिफुरी

सुशासनको चुरिफुरी

देविका तिमिल्सिना
ढोका सबैको उहीँ

ढोका सबैको उहीँ

बालकृष्ण खनाल
0
Would love your thoughts, please comment.x
()
x