साइबर अपराध सम्बन्धी सचेतना सामग्री

हतार छ

हतार नभएको भए आज मान्छेले यति साह्रो सिर्जना गर्ने पनि थिएनन् कि ? कस्तो हतार छ भने नि भनेर आज पानी जहाज, हवाइजहाज, गाडी, आदिको सिर्जना नै यही हतारको कारणले भएको जस्तो लाग्छ ।

Nepal Telecom ad

कृष्ण शर्मा सुमु :

‘कसलाई के को हतार घर ज्वाईंलाई खानुको हतार’ । हतार भएको मान्छेले टिकट भुलिन्छ । परीक्षा बस्न गएको विद्यार्थीले एडमिट कार्ड भुल्छ ।

यो हतार पनि मान्छेलाई मात्रै हुने रहेछ । विभिन्न जन्तु, प्राणी इत्यादिलाई कुनै हतार नै छैन । यो हतार बनाउने मुख्य तत्त्वहरूमा घडी एउटा हो कि जस्तो लाग्छ।हतारले कसैलाई सही मार्ग दर्शन गर्छ जस्तो लाग्दैन ।

बजार बिचमा उभिएर मान्छेको ताँतीलाई हेर्नू भएको छ कुनै दिन ? के साह्रो हतार हुन्छ भने नि, हाई -हलो त के भएको चप्परा दाँत देखाउने सम्म फुर्सद हुँदैन । कतिखेर फुर्सद पाउँछ र मान्छेले भनेर सोच्छु पो …..अन्तमा जाने घाट नै बोक्ने बाँसमा हो भनेर चित्त बुझ्ने कुरा मनमनै गर्छु र आफैँ त्यो भीड देखि पर बसेर रमिता हेर्छु । ‘आज यहाँ रमिता छ’ भन्ने कविता पो लेखौँ कि भनेर सोच्ने गर्छु ।

फेरि यो हतार भएको जिन्दगीमा यो कविता कसले पो पढ्छ र ? के साह्रो हतार छ भने नि कुनै युवाको हातमा बाइक मात्रै हुनू पर्छ उसलाई जति हतार कसलाई पो छ होला र ? लाग्छ बाइक नभएको भए त उसको सबै काम नै छुट्छ कि ….. हतार नै हतारमा आजकल युवाहरूले गाडीले गर्दा धेरै गम्भीर चोट बोकेको कुरालाई नकार्न सकिँदैन ।

कसैलाई दाम कमाउने हतार छ कसैलाई नाम कमाउने हतार छ।नहुनू पनि किन र ? यो कम्पिटिसनको बजारमा सबै होडबाजी छन् पछि हुनू कसलाई पो मन पर्छ र ?

हतार नभएको भए आज मान्छेले यति साह्रो सिर्जना गर्ने पनि थिएनन् कि ? कस्तो हतार छ भने नि भनेर आज पानी जहाज, हवाइजहाज, गाडी, आदिको सिर्जना नै यही हतारको कारणले भएको जस्तो लाग्छ । हुन पनि हो हिँडेर अमेरिका कहिले पुगेर आउनु होला ?

यसरी हतार नै हतारको कतारमा म पनि छु लामो लेखौं भने मलाई नै हतार छ … ।

०००
सिलीगडी

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
तिहुन चखुवा

तिहुन चखुवा

कृष्ण शर्मा सुमु
पुरस्कार थाप्ने रहर

पुरस्कार थाप्ने रहर

कृष्ण शर्मा सुमु
कस्टमर केयर

कस्टमर केयर

कृष्ण शर्मा सुमु
मेलामा भएको झमेला

मेलामा भएको झमेला

कृष्ण शर्मा सुमु
घर न द्वार हिँडे हरिद्वार

घर न द्वार हिँडे...

कृष्ण शर्मा सुमु
सिल्किनेहरूको नाउँमा

सिल्किनेहरूको नाउँमा

शिवप्रसाद जैशी
अभिसप्त बुढ्यौली

अभिसप्त बुढ्यौली

मीनप्रसाद लामिछाने
नबास्ने भाले

नबास्ने भाले

रामप्रसाद अर्याल ‘अविराम’
अनन्त शून्य

अनन्त शून्य

डा. टीकाराम पोखरेल
0
Would love your thoughts, please comment.x
()
x