सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

हतार छ

हतार नभएको भए आज मान्छेले यति साह्रो सिर्जना गर्ने पनि थिएनन् कि ? कस्तो हतार छ भने नि भनेर आज पानी जहाज, हवाइजहाज, गाडी, आदिको सिर्जना नै यही हतारको कारणले भएको जस्तो लाग्छ ।

Nepal Telecom ad

कृष्ण शर्मा सुमु :

‘कसलाई के को हतार घर ज्वाईंलाई खानुको हतार’ । हतार भएको मान्छेले टिकट भुलिन्छ । परीक्षा बस्न गएको विद्यार्थीले एडमिट कार्ड भुल्छ ।

यो हतार पनि मान्छेलाई मात्रै हुने रहेछ । विभिन्न जन्तु, प्राणी इत्यादिलाई कुनै हतार नै छैन । यो हतार बनाउने मुख्य तत्त्वहरूमा घडी एउटा हो कि जस्तो लाग्छ।हतारले कसैलाई सही मार्ग दर्शन गर्छ जस्तो लाग्दैन ।

बजार बिचमा उभिएर मान्छेको ताँतीलाई हेर्नू भएको छ कुनै दिन ? के साह्रो हतार हुन्छ भने नि, हाई -हलो त के भएको चप्परा दाँत देखाउने सम्म फुर्सद हुँदैन । कतिखेर फुर्सद पाउँछ र मान्छेले भनेर सोच्छु पो …..अन्तमा जाने घाट नै बोक्ने बाँसमा हो भनेर चित्त बुझ्ने कुरा मनमनै गर्छु र आफैँ त्यो भीड देखि पर बसेर रमिता हेर्छु । ‘आज यहाँ रमिता छ’ भन्ने कविता पो लेखौँ कि भनेर सोच्ने गर्छु ।

फेरि यो हतार भएको जिन्दगीमा यो कविता कसले पो पढ्छ र ? के साह्रो हतार छ भने नि कुनै युवाको हातमा बाइक मात्रै हुनू पर्छ उसलाई जति हतार कसलाई पो छ होला र ? लाग्छ बाइक नभएको भए त उसको सबै काम नै छुट्छ कि ….. हतार नै हतारमा आजकल युवाहरूले गाडीले गर्दा धेरै गम्भीर चोट बोकेको कुरालाई नकार्न सकिँदैन ।

कसैलाई दाम कमाउने हतार छ कसैलाई नाम कमाउने हतार छ।नहुनू पनि किन र ? यो कम्पिटिसनको बजारमा सबै होडबाजी छन् पछि हुनू कसलाई पो मन पर्छ र ?

हतार नभएको भए आज मान्छेले यति साह्रो सिर्जना गर्ने पनि थिएनन् कि ? कस्तो हतार छ भने नि भनेर आज पानी जहाज, हवाइजहाज, गाडी, आदिको सिर्जना नै यही हतारको कारणले भएको जस्तो लाग्छ । हुन पनि हो हिँडेर अमेरिका कहिले पुगेर आउनु होला ?

यसरी हतार नै हतारको कतारमा म पनि छु लामो लेखौं भने मलाई नै हतार छ … ।

०००
सिलीगडी

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
अफसाइड

अफसाइड

कृष्ण शर्मा सुमु
बुद्धिजीवी

बुद्धिजीवी

कृष्ण शर्मा सुमु
अङ्ग्रेजीकाे मार

अङ्ग्रेजीकाे मार

कृष्ण शर्मा सुमु
जाडो महिना

जाडो महिना

कृष्ण शर्मा सुमु
इंग्लिसको मार

इंग्लिसको मार

कृष्ण शर्मा सुमु
परनिर्भरता

परनिर्भरता

सृजन लम्साल
छेपारोको रङ्ग

छेपारोको रङ्ग

रामप्रसाद पन्थी
विरासत

विरासत

अशोककुमार शिवा
सम्झौता

सम्झौता

श्रीप्रसाद पाेखरेल