साइबर अपराध सम्बन्धी सचेतना सामग्री

गणतन्त्र गान

धाबा गरे यो पहिचान माथि दाबा गरे बौध्द निशान ताकी खाष्टो स्वदेशी छ इसाइ फेटा भिर्छन् मुकुण्डो गणतन्त्र नेता । मासे बुटी छैन कुनै हिसाब निष्पक्ष पाइन्न कतै निसाफ ।

Nepal Telecom ad

विष्णुहरि पौडेल :

नेपालका बाँदर बुद्धिमान
आयो कहाँबाट नवीन ज्ञान
हाले खलामा गणतन्त्र घान
मान्छे चुटेछन् चिउरा समान ।१।

माले मसाले हँसिया उचाले
च्यापे कसैले रुख चारतारे
गर्छन् मपाईं जहिल्यै लडाइँ
सत्ता र भत्ता तिनकै रजाइँ ।२।

सम्मान जातीय सिएर भोटा
देखाउने दाँत विचार छोटा
विचित्र कोटा छ समानुपाती
पार्टीपति श्रीमती निम्ति जाती ।३।

को सुन्छ चर्कोस् जनको दबाब
हाबी छ आफ्नै परिवारवाद
रैती हुँदैछन् घरमै भिखारी
लागे चरा सात समुद्रपारि ।४।

राँगा मगाएर दशैँ मनाए
उद्याेग धन्दा चिलिमै बनाए
गाँजा उमार्ने गरियो तयारी
नाफा दिने निश्चित रोजगारी ।५।

पारे गुठी गौचरको विनाश
गोकर्ण खाए,ललिता निवास
नेता बने सुन्दर राजहाँस
अम्रो पसे झैं सुनमा छ वास ।६।

सिद्धान्त बेचे पनि खोल ओढ्छन्
आकाश पाताल मपाईं जोड्छन्
ढाडे अघाउन्न अझै छ भोको
डाम्नो सुधो छैन कुनै नि चोखो ।७।

यो देशमा के गणतन्त्र आयो ?
दुर्गन्ध फैल्यो कि सुगन्ध छायो
संमृद्धिको हालत चर्मरायो
यो तन्त्र मुठ्ठीभरमै रमायो ।८।

झुल्के अनेकौं थुम कोट राजा
शीर्षस्थ नेतृत्व रहेन साझा
ॐकारको स्वत्व रहेन शुद्ध
छेड्छन् नयाँ पाष्टर धर्म युद्ध ।९।

धाबा गरे यो पहिचान माथि
दाबा गरे बौध्द निशान ताकी
खाष्टो स्वदेशी छ इसाइ फेटा
भिर्छन् मुकुण्डो गणतन्त्र नेता ।१०।

मासे बुटी छैन कुनै हिसाब
निष्पक्ष पाइन्न कतै निसाफ
यो राष्ट्रमा अन्त्य भयो विकास
आऊ युवा द्यौ गतिलो निकास ।११।

०००
काठमाडौं ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
गलगाँड भयो

गलगाँड भयो

विष्णुहरि पाैडेल
भोकतन्त्र

भोकतन्त्र

विष्णुहरि पाैडेल
देश बरवाद भयो

देश बरवाद भयो

विष्णुहरि पाैडेल
आधुनिक शिक्षा

आधुनिक शिक्षा

विष्णुहरि पाैडेल
आशाको आत्मदाह

आशाको आत्मदाह

विष्णुहरि पाैडेल
मूल्याङ्कन

मूल्याङ्कन

विष्णुहरि पाैडेल
बुढेसकालमा बुढोले थपे बिछ्याउना

बुढेसकालमा बुढोले थपे बिछ्याउना

रणबहादुर बुढाथोकी ‘भैया’
‘नेतारोग’ लागेको मान्छे !

‘नेतारोग’ लागेको मान्छे !

राजेन्द्र तारकिणी
मोबाइल

मोबाइल

उत्तम विचार
भाषा कविता

भाषा कविता

खगेन्द्र नेउपाने
बादल र मानिस

बादल र मानिस

लक्ष्मण नेवटिया
0
Would love your thoughts, please comment.x
()
x