साइबर अपराध सम्बन्धी सचेतना सामग्री

समयसँग

तास फिटेरै बस्झस् भने समय ! म तेरो अनुहारमा कालो मोसो दल्छु अब तँलाई पर्खेर बस्न सक्तिनँ- म तँ भासमै रमा तँलाई यहीँ छोडेर म एक्लै अगाडि बढ्छु ! अब म एक्लै अगाडि बढ्छु !!

Nepal Telecom ad

दिनेश अधिकारी :

पलेटी कसेर
यसरी तास फिट्दै नबस् समय
तँ हिँडिनस् अहिल्यै भने
एक दिन
तँलाई तेरै छायाले बाटो छेक्छ
तँ अझै यसरी नै बसिरहिस् भने समय !
निश्चित छ-एक दिन
तेरा आँखामा ऐँजेरूको पर्खाल लाग्छ
जत्ति फिटे पनि यो तासको गड्डी
राजा र रानीभन्दा बाहिर जान सक्तैन
कतिन्जेल खेलिरहन्छस् यी जोकरसँग ?
तास फिटेकै भरमा
गुलामले मुक्तिको अनुभव गर्ने दिन आउँदैन
छोड् ! अब यी तासहरू फिट्न छोड् !
छोड् ! अब बादशाहको मुस्कानमा बिक्न छोड् !
छोड् ! अब यी जोकरसँग रमाउन छोड् !
आँधीलाई अर्जाप्नु हो तेरो परिचय
चट्याङ्लाई अँठ्याउनु हो तेरो परिचय
पानीलाई पड्काउनु हो तेरो परिचय
तँलाई थाहा छ
मान्छे हुनुको कारण
म कुहिएको बतासमा सास फेर्न चाहन्नँ
म आफ्नो नाम सालिकमा लेख्न रुचाउन्नँ
म सूर्यलाई अँध्यारो अनुहारमा देख्न मन पराउन्नँ
तँ बसेको धेरै भयो
उठ् !
अब फड्कार् आफ्ना खुट्टाहरू
र, फटाफट नाघ्न थाल्
– यी मोहिनी-दुर्गहरू
– यी शकुनि- सुरुङहरू
होइन र अझै पनि
तास फिटेरै बस्झस् भने समय !
म तेरो अनुहारमा कालो मोसो दल्छु
अब तँलाई पर्खेर बस्न सक्तिनँ- म
तँ भासमै रमा
तँलाई यहीँ छोडेर म एक्लै अगाडि बढ्छु !
अब म एक्लै अगाडि बढ्छु !!

०००
पानीकाे परेड (२०८२)

Subscribe
Notify of
guest

1 Comment
Oldest
Newest Most Voted
एन बी जनकपुरी
एन बी जनकपुरी
1 year ago

बहुत दिनपछि मैले आज कविन्द्र देख्या
नेपालतल भरिमा राम्रा शिलोक लेख्न्या

Nepal Telecom ad
सत्ता

सत्ता

दिनेश अधिकारी
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
तीजको बाङ्गो गीत

तीजको बाङ्गो गीत

नन्दलाल आचार्य
1
0
Would love your thoughts, please comment.x
()
x