दिनेश अधिकारीसमयसँग
तास फिटेरै बस्झस् भने समय ! म तेरो अनुहारमा कालो मोसो दल्छु अब तँलाई पर्खेर बस्न सक्तिनँ- म तँ भासमै रमा तँलाई यहीँ छोडेर म एक्लै अगाडि बढ्छु ! अब म एक्लै अगाडि बढ्छु !!

दिनेश अधिकारी :
पलेटी कसेर
यसरी तास फिट्दै नबस् समय
तँ हिँडिनस् अहिल्यै भने
एक दिन
तँलाई तेरै छायाले बाटो छेक्छ
तँ अझै यसरी नै बसिरहिस् भने समय !
निश्चित छ-एक दिन
तेरा आँखामा ऐँजेरूको पर्खाल लाग्छ
जत्ति फिटे पनि यो तासको गड्डी
राजा र रानीभन्दा बाहिर जान सक्तैन
कतिन्जेल खेलिरहन्छस् यी जोकरसँग ?
तास फिटेकै भरमा
गुलामले मुक्तिको अनुभव गर्ने दिन आउँदैन
छोड् ! अब यी तासहरू फिट्न छोड् !
छोड् ! अब बादशाहको मुस्कानमा बिक्न छोड् !
छोड् ! अब यी जोकरसँग रमाउन छोड् !
आँधीलाई अर्जाप्नु हो तेरो परिचय
चट्याङ्लाई अँठ्याउनु हो तेरो परिचय
पानीलाई पड्काउनु हो तेरो परिचय
तँलाई थाहा छ
मान्छे हुनुको कारण
म कुहिएको बतासमा सास फेर्न चाहन्नँ
म आफ्नो नाम सालिकमा लेख्न रुचाउन्नँ
म सूर्यलाई अँध्यारो अनुहारमा देख्न मन पराउन्नँ
तँ बसेको धेरै भयो
उठ् !
अब फड्कार् आफ्ना खुट्टाहरू
र, फटाफट नाघ्न थाल्
– यी मोहिनी-दुर्गहरू
– यी शकुनि- सुरुङहरू
होइन र अझै पनि
तास फिटेरै बस्झस् भने समय !
म तेरो अनुहारमा कालो मोसो दल्छु
अब तँलाई पर्खेर बस्न सक्तिनँ- म
तँ भासमै रमा
तँलाई यहीँ छोडेर म एक्लै अगाडि बढ्छु !
अब म एक्लै अगाडि बढ्छु !!
०००
पानीकाे परेड (२०८२)







































बहुत दिनपछि मैले आज कविन्द्र देख्या
नेपालतल भरिमा राम्रा शिलोक लेख्न्या