साइबर अपराध सम्बन्धी सचेतना सामग्री

धुरन्धर साहित्यकार बन्नुहोस्

अरुका नपढ्नुहोस् अरुका नसुन्नुहोस् अरु भन्ने शब्द नै बिर्सिनुहोस् आफ्नो अहङ्कार आफैँ बखान्नोस् आफैँ सुन्नुहोस् आफैँ, स्वघोषित, बढो ठुलो लेखक, विज्ञ, ज्ञाता बन्नुहोस् एक्लो जीवन बिताउनुहोस् ।

Nepal Telecom ad

विष्णु न्यौपाने :

घर परिवारबाट टाढिनु छ भने
साहित्यकार बन्नुहोस्
श्रीमती छोराछोरीको मायाबाट टाढिनु छ भने
साहित्यकार बन्नुहोस्
नजिक आए
झ्याम्मिन खोजे
झडङ्ग रिसाउनुहोस्
आफू पनि नबोल्नुहोस्
अरूलाई पनि बोल्न नदिनुहोस्
कुनामा पसेर एक्लै घोत्लिरहनुहोस्
पारिवारिक वातावरणलाई
श्मसानघाट बनाउनुहोस्
साहित्यकार बन्नुहोस् ।

साथीभाइसँग एकलकाँटे बन्नु छ भने
साहित्यकार बन्नुहोस्
राजनीतिज्ञको दुश्मन बन्नु छ भने
साहित्यकार बन्नुहोस्
संसारको सबैभन्दा हठी,
स्वसर्वज्ञ, तत्वज्ञानी, ध्यानी बन्नु छ भने
साहित्यकार बन्नुहोस्
अरुलाई नपुछ्नोस्
अरुका नपढ्नुहोस्
अरुका नसुन्नुहोस्
अरु भन्ने शब्द नै बिर्सिनुहोस्
आफ्नो अहङ्कार आफैँ बखान्नोस्
आफैँ सुन्नुहोस्
आफैँ, स्वघोषित,
बढो ठुलो लेखक, विज्ञ, ज्ञाता बन्नुहोस्
एक्लो जीवन बिताउनुहोस्
आफैँ लेख्नुहोस्,
आफैँ पढ्नुहोस्
आफैँ सुन्नुहोस्
आफैँ हाँस्नुहोस्
आफैँ रमाउनुहोस्
धुरन्धर साहित्यकार बन्नुहोस् ।

०००
दमक, झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
रोयो साहित्य अन्त्य त

रोयो साहित्य अन्त्य त

विष्णु न्यैापाने
अंगुलिमाल‚ बुद्ध र उत्तर-आधुनिक सञ्जाल

अंगुलिमाल‚ बुद्ध र उत्तर-आधुनिक...

राजेन्द्रप्रसाद अधिकारी
झिङ्गे दाउ

झिङ्गे दाउ

रामप्रसाद पन्थी
बुझौँ कुरा मित्रको

बुझौँ कुरा मित्रको

बालकृष्ण खनाल
परान गो

परान गो

भोलानाथ सुबेदी
भेडाकैरन

भेडाकैरन

होम सुवेदी
मिशिगन*को नृत्य

मिशिगन*को नृत्य

डा. दामाेदर पुडासैनी किशाेर
0
Would love your thoughts, please comment.x
()
x