विष्णु न्यैापानेरोयो साहित्य अन्त्य त
पुरस्कृत हुने गर्छन् झुन्डका नाइकेहरू साट्छन् शरीरमा पैसा ढुकुटी बाउसेहरू । होहोरे हुर्र भो वा ! वा ! झुन्ड साँढे भए र त मिचिए असली स्रष्टा रोयो साहित्य अन्त्य त !

विष्णु न्यौपाने :
भयो के र दुख्याे बन्धु ? साहित्य जिङ्ग्रिए छ कि ?
कि तेसै खस्किएको हो साहित्यकारको गति ?
न ज्ञान न छ विज्ञान न कला न गला बरा !
सदियौँदेखि दौडेका छन् धेरै नचिनी धरा ।
कोही छन् लालची ढोगी पैसाका पछि दौडिने
कोही छन् वासना कर्मी रतिका रह पौडिने ।
सभा पो छ अरे सुन्दा दबाइ स्वास पुग्दछन्
पछ्याई तिनको बास्ना झुन्ड क्यै पछि लाग्दछन् ।
निम्तोको के कुरा भो र साक्षी ब्यानर बन्दछन्
निम्तालु आउँदै गर्छन् झुण्ड होटल भर्दछन् ।
भए भारतमा कार्जे नेपालबाट भन्दछन्
भए नेपालमा कार्जे भारतीय भनाउँछन् ।
एसी बेगर सुत्तैनन् उठाई बिल हिँड्दछन्
कार्जेमा पनि बस्तैनन् जोडी बनेर डुल्दछन् ।
कार्जे आयोजना गर्ने ऋणको भार खेप्दछन्
भिरी बद्नामको बिल्ला घोषणा-पत्र चेप्तछन् ।
पुरस्कृत हुने गर्छन् झुन्डका नाइकेहरू
साट्छन् शरीरमा पैसा ढुकुटी बाउसेहरू ।
होहोरे हुर्र भो वा ! वा ! झुन्ड साँढे भए र त
मिचिए असली स्रष्टा रोयो साहित्य अन्त्य त !
०००
दमक, झापा
Subscribe
Login
0 Comments
Oldest







































