साइबर अपराध सम्बन्धी सचेतना सामग्री

रोयो साहित्य अन्त्य त

पुरस्कृत हुने गर्छन् झुन्डका नाइकेहरू साट्छन् शरीरमा पैसा ढुकुटी बाउसेहरू । होहोरे हुर्र भो वा ! वा ! झुन्ड साँढे भए र त मिचिए असली स्रष्टा रोयो साहित्य अन्त्य त !

Nepal Telecom ad

विष्णु न्यौपाने :

भयो के र दुख्याे बन्धु ? साहित्य जिङ्ग्रिए छ कि ?
कि तेसै खस्किएको हो साहित्यकारको गति ?

न ज्ञान न छ विज्ञान न कला न गला बरा !
सदियौँदेखि दौडेका छन् धेरै नचिनी धरा ।

कोही छन् लालची ढोगी पैसाका पछि दौडिने
कोही छन् वासना कर्मी रतिका रह पौडिने ।

सभा पो छ अरे सुन्दा दबाइ स्वास पुग्दछन्
पछ्याई तिनको बास्ना झुन्ड क्यै पछि लाग्दछन् ।

निम्तोको के कुरा भो र साक्षी ब्यानर बन्दछन्
निम्तालु आउँदै गर्छन् झुण्ड होटल भर्दछन् ।

भए भारतमा कार्जे नेपालबाट भन्दछन्
भए नेपालमा कार्जे भारतीय भनाउँछन् ।

एसी बेगर सुत्तैनन् उठाई बिल हिँड्दछन्
कार्जेमा पनि बस्तैनन् जोडी बनेर डुल्दछन् ।

कार्जे आयोजना गर्ने ऋणको भार खेप्दछन्
भिरी बद्नामको बिल्ला घोषणा-पत्र चेप्तछन् ।

पुरस्कृत हुने गर्छन् झुन्डका नाइकेहरू
साट्छन् शरीरमा पैसा ढुकुटी बाउसेहरू ।

होहोरे हुर्र भो वा ! वा ! झुन्ड साँढे भए र त
मिचिए असली स्रष्टा रोयो साहित्य अन्त्य त !

०००
दमक, झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
गोही बनी सुन्दर 

गोही बनी सुन्दर 

डा. बमबहादुर जिताली
आफन्त र मित्रहरू

आफन्त र मित्रहरू

हरि कोर्काली
म बुढो भएकै हो

म बुढो भएकै हो

मीनप्रसाद लामिछाने
शक्ति र सिध्दान्त

शक्ति र सिध्दान्त

डा. विदुर चालिसे
स्वाभिमान

स्वाभिमान

डा. श्यामप्रसाद न्यौपाने
0
Would love your thoughts, please comment.x
()
x