साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बालप्रतिभा विभूतिको ‘अर्जुनदृष्टि’ लोकार्पण

विभूति अधिकारी एम्बिसन एकेडेमीका कक्षा १२ का छात्र हुन् । उनको पहिलो कृति ‘अद्भूत इन्द्रेनी’ २०७७ सालमा प्रकाशित भैसकेको छ र उनले लगभग एक दर्जनजति पुरस्कारहरू प्राप्त गरिसकेका छन् ।

Nepal Telecom ad

काठमाडौं, ०८० साउन ५ । बालप्रतिभा विभूति अधिकारीको सद्यप्रकाशित छन्दोबद्ध कवितासंग्रह ‘अर्जुनदृष्टि’ को आज एक समारोहबीच पद्मोदय मा.वि.पुतलीसडकको सभाहलमा सम्पन्न भएको छ ।

फाकफोकथुम- ६, इलाममा २०६३ साउन ५ गते जन्मिएका विभूतिको आज जन्मदिवस हो र उनका पिता रामप्रसाद उपाध्याय अधिकारीको समेत जन्मदिवस परेको दिन आयोजित यस कार्यक्रमका मुख्य आयोजक छन्द तरङ्ग र सहआयोजक एम्बिसन एकेडेमी रहेका छन् ।

कार्यक्रमका अध्यक्ष- रामप्रसाद ज्ञवाली र प्रमुख आमन्त्रित- चूडामणि बन्धु हुनुहुन्थ्यो । प्राज्ञगण देवी नेपाल, जगतप्रसाद उपाध्याय, हेमनाथ पौडेल लगायत प्रभा भट्टराई, कोषराज न्यौपाने, प्रह्लाद पोखरेल, गोविन्द घिमिरे वेदमणि आदि विशिष्ट विद्वान्हरूको उपस्थिति र रूपक अलङ्कार, ज्ञानु विद्रोही, सविता बराल, रेजिना आपगाईं, कल्पना भट्टराई, रमेशकुमार पौडेल, भावना आपगाईं, सुदेश सत्याल, रामप्रसाद उपाध्याय अधिकारी, तेजमान बराइली, खोलाघरे साहिंलो, एम्बिसनका शिक्षकगण तथा विद्यार्थी वर्गको उल्लेख्य उपस्थिति रहेको थियोे ।

विशिष्ट व्यक्तित्वहरूका शुभकामना मन्तव्यसँगै प्रभा भट्टराई, सुदेश सत्याल र विभूति अधिकारीले विमोचित पुस्तकबाट विभिन्न शीर्षकका कविताहरू वाचन गर्नुभएको थियो ।

विभूति अधिकारी एम्बिसन एकेडेमीका कक्षा १२ का छात्र हुन् । उनको पहिलो कृति ‘अद्भूत इन्द्रेनी’ २०७७ सालमा प्रकाशित भैसकेको छ र उनले लगभग एक दर्जनजति पुरस्कारहरू प्राप्त गरिसकेका छन् । ‘अर्जुनदृष्टि’ कविता संग्रहमा पिङ्गलका शार्दूलविक्रीडत, अनुष्टुप्, मन्दाक्रान्ता, शिखरिणी, स्रग्धरा, पृथ्वी, उपजाति, मदिरा, हारिणी, भाराक्रान्ता, नर्दूटक, वसन्ततिलका, मालिनी, पञ्चचामर आदि २ दर्जन जति छन्दहरूमा साधना गरेका छन् ।

जन्म दिवसका दिन सम्पन्न गरेको यस्तो महत्त्वपूणर् रचनात्मक कार्यका लागि होनहार प्रतिभा विभूति अधिकारीलाई हार्दिक बधाई र शुभाशीर्वाद !

०००
– खोलाघरे साहिँलो

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x