सुलसुलेमञ्जुश्रीको ६९ औं काव्यशृङ्खला सम्पन्न
मञ्जुश्री साहित्यिक समाजको ६९ औं काव्यगोष्ठी संस्थाका अध्यक्ष डा.बमबहादुर थापा जितालीको अध्यक्षतामा आज सम्पन्न भयो ।

काठमाडौं, ०८० साउन ५ । मञ्जुश्री साहित्यिक समाजको ६९ औं काव्यगोष्ठी संस्थाका अध्यक्ष डा.बमबहादुर थापा जितालीको अध्यक्षतामा आज सम्पन्न भयो ।
प्रविधिमैत्री माध्यमबाट सम्पन्न कार्यक्रम साँझ ५ बजेदेखि आरम्भ भएर ७ बजे सम्पन्न भएको हो । वीरबहादुर लोहनीले सञ्चालन गर्नुभएको यस शालीन कार्यक्रममा बालकृष्ण सुवेदी, उर्मिला पन्त, गङ्गा लिगल, गणेश आत्रेय, दुष्यन्त भट्टराई, दुर्गा अधिकारी भँमरकोटे, टेकबहादुर लौडारी, उत्तम भेटवाल, आरती आरोही, सुधा बाँसकोटा ढकाल र खोलाघरे साहिंलोको काव्यमय उपस्थिति रहेको थियो ।
कार्यक्रम समापनमा अध्यक्षले शार्दूलविक्रीडित छन्दको व्यङ्ग्यधर्मी कविता प्रस्तुत गर्दै स्तरीय कार्यक्रम हुन सकेकोमा सबैलाई हार्दिक धन्यवाद दिनुभएको थियोे ।
०००
Subscribe
Login
0 Comments
Oldest












































