साइबर अपराध सम्बन्धी सचेतना सामग्री

झट्केलो छोरो

पच्चीस हजारको बिटो बखतबहादुरतिर हुइँक्याइदियो र भन्यो- एक समय दुई गाँस खान दियौ । मेरी आमाको पोइ बन्यौ । आजदेखि हिसाब चुक्ता !

Nepal Telecom ad

लक्ष्मी रिजाल :

“दस वर्षपछि पनि कुच्चिएको अनुहार देखाउन रित्तो हात के आएको त ?” बखतबहादुरले पहिलेकै रवाफ दोहोर्‍यायो तर यस पटक भने मतानेले गहभरि आँसु पारेन । बरु उसको मन बखतबहादुरको टिठलाग्दो अवस्था देखेर मुस्कुरायो ।

“निर्लज्ज भतुवा; अर्धनग्न शरीरमा गाग्रो फुटाएर भागिथिस् । त्यस्तै रूपमा फेरि के बिगार गर्न आइस् ?“ बखतबहादुरले अर्को वाण चलाउँदा पनि मताने मूर्ति भइरह्यो ।

“नैनसिंह पुलामी संसारलाई खुशी तुल्याउने छोरो जन्माएँ भनेर नाक घोक्य्राउँथ्यो । ऊ त बेला नपुगीकनै मास छर्न गयो । तेरी आमालाई गृहलक्ष्मी बनाएथेँ । तैंले सुइँकुच्चा ठोकेपछि तेरै नाम जप्दै पागल भएकी कता गएर मरी !” विगत सम्झँदै बखतबहादुरले इतिवृति बताउँदा भने मतानेका आँखा रसाए ।

“आमा नै नभएपछि कुन मुखले यस सिकुवामा टुसुक्क बस्छ ए भातका काल । जुन बाटो आएको थिइस्, त्यही बाटो मुन्टी !” बखतबहादुरले तल्लो स्तरमा उत्रेर शब्द छादेको सुनेर मताने रातोपिरो भयो ।

तत्कालै मताने शरीरका थोत्रा कपडा फुकालेर नाङ्गेझार भयो । थोत्रे बोराबाट नयाँ झोला निकाल्यो र सुटबुट लगायो । अब ऊ राजकुमारजस्तो देखियो । पच्चीस हजारको बिटो बखतबहादुरतिर हुइँक्याइदियो र भन्यो- एक समय दुई गाँस खान दियौ । मेरी आमाको पोइ बन्यौ । आजदेखि हिसाब चुक्ता !”

मतानेले सिठी बजायो । चिल्लो कार देखा पर्‍यो । मताने कारभित्र पस्यो ।

“छोरा, दबाई गरेर मलाई निको पारिस् । अब तेरो सौतेनी बाउसँग पुनर्मिलन गराइदे । तँलाई धर्म हुने छ बाबू ।” आमाको आँखामा छचल्किएका आँसुले मतानेको क्रोधाग्नि शान्त हुँदै गयो ।

०००
२०८०-०४-०५
कञ्चनरूप १२, रूपनगर, सप्तरी

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
अनपेक्षित दुलहा

अनपेक्षित दुलहा

लक्ष्मी रिजाल
बोकाराजको इतिवृति

बोकाराजको इतिवृति

लक्ष्मी रिजाल
महिला अधिकार र लड्डु

महिला अधिकार र लड्डु

लक्ष्मी रिजाल
गफ संस्कृति

गफ संस्कृति

लक्ष्मी रिजाल
अतिरिक्त सेवा

अतिरिक्त सेवा

लक्ष्मी रिजाल
नियतिलाई सलाम

नियतिलाई सलाम

लक्ष्मी रिजाल
अन्तर्य

अन्तर्य

मीनप्रसाद लामिछाने
सुव्यवस्था

सुव्यवस्था

सुरेशकुमार पाण्डे
नेताको व्यथा

नेताको व्यथा

रामकुमार पाँडे
0
Would love your thoughts, please comment.x
()
x