साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कृतिशेष विजय खरेलप्रति श्रद्धाञ्जली कार्यक्रम सम्पन्न

खरेलको तस्वीरमा माल्यार्पण-पुष्पार्पण तथा उहाँप्रति १ मिनट मौनधारण सहित श्रद्धाञ्जलि अर्पण गरेर शुरु भएको कार्यक्रममा अध्यक्ष पुण्यप्रसाद खरेलले उहाँको व्यक्तित्व तथा कृतित्वका बारेमा संक्षिप्त रुपमा प्रकाश पार्नुभएको थियो ।

Nepal Telecom ad

झापा, ०८० साउन ५ । प्रसिद्ध साहित्यकार, सुसेली साहित्यिक परिवार (सुसाप)का संस्थापक सदस्य, ‘सुसेली’ स्मारिकाका प्रधान सम्पादक गत असार १८ गते निधन हुनुभएका कृतिशेष विजय खरेलप्रति श्रद्धाञ्जली कार्यक्रम सम्पन्न भएको छ ।

देवकोटा पार्क, काँकरभिट्टामा सुसापका अध्यक्ष पुण्यप्रसाद खरेलको अध्यक्षता, प्रसिद्ध साहित्यकार तथा वरिष्ठ अधिवक्ता लीला उदासीको मुख्य आतिथ्य, वरिष्ठ पत्रकार चन्द्र भण्डारी, नेपाल बहुद्देश्यीय सहकारी संस्थाका संस्थापक अध्यक्ष तथा अभिभावक रामचन्द्र उप्रेती, सुसापका सल्लाहकार भीम खवास, भानु साहित्यिक प्रतिष्ठानका कार्यबाहक अध्यक्ष डिल्लीराम घिमिरे, नेपाल शिक्षक युनियन, कोशी प्रदेशअध्यक्ष तेजप्रसाद चौंलागाईं, काँकरभिट्टा क्याम्पसका प्राचार्य लक्ष्मीप्रसाद उप्रेती, प्रसिद्ध साहित्यकार भवानी क्षेत्री, पूर्व प्रअ देशु सुब्बा वनेम आदिको विशिष्ट आतिथ्यमा सञ्चालित कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष केन्द्रप्रसाद भट्टराई तथा सञ्चालन सुसापका सचिव कनक कार्कीले गर्नुभएको थियो ।

कृतिशेष विजय खरेलको तस्वीरमा माल्यार्पण-पुष्पार्पण तथा उहाँप्रति १ मिनट मौनधारण सहित श्रद्धाञ्जलि अर्पण गरेर शुरु भएको कार्यक्रममा अध्यक्ष पुण्यप्रसाद खरेलले उहाँको व्यक्तित्व तथा कृतित्वका बारेमा संक्षिप्त रुपमा प्रकाश पार्नुभएको थियो ।

मुख्य अतिथि लीला उदासी, वरिष्ठ पत्रकार चन्द्र भण्डारी, भानु साहित्यिक प्रतिष्ठानका कार्यबाहक अध्यक्ष डिल्लीराम घिमिरे, एनएमसीका अभिभावक रामचन्द्र उप्रेती, सुसापका सल्लाहकार भीम खवास, कोशी प्रदेश शिक्षक युनियनका अध्यक्ष तेजप्रसाद चौंलागाईं, भवानी क्षेत्री, देशु सुब्बा, जीवनाथ सुवेदी, इन्द्रेनी महिला साहित्यिक मञ्चकी उपाध्यक्ष मुना राना, प्रसिद्ध कलाकार तथा कला अभियन्ता केसाङ लामा, कृष्णप्रकाश सुमार्गी आदिले विजय खरेलप्रति आफ्ना भावना राख्तै उहाँप्रति श्रद्धाञ्जली अर्पण गर्नुभयो ।

ज्ञानेन्द्र ढुङ्गानाले कृतिशेष विजय खरेलप्रति श्रद्धाञ्जली लेख पढेर सुनाउनु भयो भने मातृकाप्रसाद संग्रौलाले कविता सुनाउनु भएको थियो । विजय खरेलका नाति साईकिरण लम्सालले विजय खरेललाई प्रिय लाग्ने गरेको नारायण गोपालले गाएको ‘दुईटा फूल देउरालीमा साथै राखौं जस्तो लाग्छ’ भन्ने गीत गाएर सुनाउनुका साथै उहाँको रचनामा सङ्गीत भरेर रेकर्ड गर्न लागिएको गीतको रेकर्ड सुनाएर उहाँप्रति श्रद्धाञ्जली अर्पण गरे ।

मौसम प्रतिकूल भए पनि त्यसलाई सामना गर्दै मदन अधिकारी, नमूना निरौला दाहाल, भूवन सुब्बा, अमृता चौंलागाईं, त्रिफला राष्ट्रिय पुस्तकालयका उपाध्यक्ष रामप्रसाद दाहाल, दुर्गा भेटवाल, साहित्यकार तेराख प्रतिष्ठानका संरक्षक तथा स्वास्थ्यकर्मी लेखनाथ खतिवडा, आरती पोखरेल, जय आचार्य, अर्जुन लम्साल, जयन्ती खरेल लम्साल, चन्दा (दीपा) खरेल दाहाल, देवकोटा पार्क व्यवस्थापन समितिका अध्यक्ष गणेश खरेल, साईकिरण लम्साल, आयुष्मान निरौला, गणेश तिमसिना आदिको उपस्थिति रहेको थियो ।

कार्यक्रमको अन्त्यमा अध्यक्षले कृतिशेष विजय खरेलका केही महत्वपूणर् थप कार्यहरूको परिचर्चा गर्दै उहाँप्रति श्रद्धाञ्जली अर्पण गरेर, परिवार जनप्रति समवेदना सहित आजको यो श्रद्धाञ्जली कार्यक्रममा उपस्थित सबैप्रति आभार तथा धन्यवाद व्यक्त गरेर कार्यक्रम समापन गर्नुभएको थियो ।

०००
– झापाबाट पुन्य खरेल

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x