साइबर अपराध सम्बन्धी सचेतना सामग्री

‘ख’ को खलाँती

स्वार्थका कुरा चिल्ला-चिप्ला खतरापूर्ण पहिरोबाट जोगाउन हाम्रो यस प्यारो मुलुकलाई गाडौं समयमै एकताका खोटा किला अब जब चढ्नुछ हामीलाई नवविकासको भर्‍याङ

Nepal Telecom ad

लक्ष्मण नेवटिया :

खलबल गरेर खलल पार्न
ख्वारख्वार खुसुक्क खुरुखुरु आउँदैछन्,
खलनायक खलकका खुराफाती,
स्वघोषित खाँटी खिच्चड खलिफाहरू ।

उनले खटाएका खेतालाहरू
कोही शान्तिलाई खेदेर खलास पार्न
खेदो गर्दै खलाँती चलाइ बसेका छन् ।
त कोही गुलेलीको खोरीमा
अड्काएर मट्याङ्ग्रो लुकेका छन् ।

अब सत्ताको खोले खान खिचलो गर्दै
खोसाखोस गर्ने खोटाहरूलाई
उनीहरूको खोरबाट खोजेर खेदेर,
दृढतापूर्वक टेकेर खुट्टा,
तह लाउनु छ ।

सावधान ! अहिले राजनीतिको
खल्ट्यानमा परेको छ मुलुक ।
रोक्नुपर्छ खुलेआम
अधिकारको खेलौना खुस्स खोस्न,
भै रहेको खेलाँची गर्न छाडौं

स्वार्थका कुरा चिल्ला-चिप्ला
खतरापूर्ण पहिरोबाट जोगाउन
हाम्रो यस प्यारो मुलुकलाई
गाडौं समयमै एकताका खोटा किला अब
जब चढ्नुछ हामीलाई नवविकासको भर्‍याङ

सोचौं तब कसरी चढ्न सकिन्छ होला
खुलिंगो हुँदा हिँडाइ ‘खोस्याङ- खोस्याङ’ ।
अब गरे खत्र्याक खुत्रुक बन्द
एक मात्र राखी राष्ट्रहितको ख्याल
छानौं गरेर खेरखार भएर
एक ढिक्का को छ असली,
को छ खोटा सिक्का ?

०००
विराटनगर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सल्लाह दिने सयौँ यहाँ, साथ दिने कोही छैन

सल्लाह दिने सयौँ यहाँ,...

लक्ष्मण नेवटिया
बादल र मानिस

बादल र मानिस

लक्ष्मण नेवटिया
म महाकाल हुँ : अनावृत्त गतिमान् !

म महाकाल हुँ :...

लक्ष्मण नेवटिया
बादल र मानिस

बादल र मानिस

लक्ष्मण नेवटिया
पाठकको खोजीमा कविता

पाठकको खोजीमा कविता

लक्ष्मण नेवटिया
वर्क फ्रम होम

वर्क फ्रम होम

लक्ष्मण नेवटिया
अंगुलिमाल‚ बुद्ध र उत्तर-आधुनिक सञ्जाल

अंगुलिमाल‚ बुद्ध र उत्तर-आधुनिक...

राजेन्द्रप्रसाद अधिकारी
झिङ्गे दाउ

झिङ्गे दाउ

रामप्रसाद पन्थी
बुझौँ कुरा मित्रको

बुझौँ कुरा मित्रको

बालकृष्ण खनाल
परान गो

परान गो

भोलानाथ सुबेदी
भेडाकैरन

भेडाकैरन

होम सुवेदी
मिशिगन*को नृत्य

मिशिगन*को नृत्य

डा. दामाेदर पुडासैनी किशाेर
0
Would love your thoughts, please comment.x
()
x