सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

प्रेस्क्रिप्शन नबुझ्दा

उनैले पढिन् र पर्समा राखिन् । घर जाउँ भनिन्, मेडिकल गइएन। उनी बाथरुम गएको बखत सुटुक्क पर्सबाट निकालेर प्रेस्क्रिप्शन हेरेको त DTBD को मतलब ‘डे टाइममा बोल्न दिनुहोस्” पो रहेछ।

Nepal Telecom ad

तीर्थराज अधिकारी :

अति भो, यसरी रोग पालेर बस्न हुँदै हुँदैन, अहिलेको जमानामा । निन्द्रामा केके भन्ने हो केके ? केटाकेटीले पनि सोध्न थाले। हिँड जँचाउन डक्टर कोमा।

आफूलाई त खास केही भएजस्तो लाग्दैन । जान्न भनौं भने बोल्न दिने होइन । हुन्छ भनेँ, पछि लागेँ।
डक्टरलाई मैले केही भन्नै परेन । उनैले फर्माइन्।

म , उहाँसङ्ग एक्लै कुरा गर्छु । तपाईं एकछिन बाहिर जानु भए हुन्छ। डाक्टरले मसित धेरै कुरा सोधे । भए जति बेली बिस्तार लगाएँ।

साह्रै ठुलो समस्या रहेनछ भन्दै एउटा नुस्खा ( प्रेस्क्रिप्शन) उनैलाई थमाए, डक्टरले । धेरै चिनेका, नचिनेका मेडिकल हलमा पुगियो । कहीँ पाइएन औषधी। यो (DTBD) डि. टि. बि. डि. मेडिसिन त बाहिरबाट मगाउनु पर्छ भने । कसैले यस्तो दवाई याहँ पाउन सक्नुहुन्न पनि भने।

फर्केर गइयो डक्टरलाई भेट्न । यो औषधी त पाइएन डक्टर साहेब भन्न नपाउँदै खै त भनेर नुस्खा मागेर नेपालीमा लेखिदिए । उनैले पढिन् र पर्समा राखिन् । घर जाउँ भनिन्, मेडिकल गइएन।

उनी बाथरुम गएको बखत सुटुक्क पर्सबाट निकालेर प्रेस्क्रिप्शन हेरेको त DTBD को मतलब ‘डे टाइममा बोल्न दिनुहोस्” पो रहेछ।

०००
पोखरा-१०, हाल संयुक्त राज्य अमेरिका।

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
दुई नेत्र तीन दृष्टि

दुई नेत्र तीन दृष्टि

तीर्थराज अधिकारी
पाँच टुक्रा कविता

पाँच टुक्रा कविता

तीर्थराज अधिकारी
यसरी फाल्न त पाइँदैन नि

यसरी फाल्न त पाइँदैन...

तीर्थराज अधिकारी
मेरो छोरा त नौ वर्षको छ नि त

मेरो छोरा त नौ...

तीर्थराज अधिकारी
प्रायश्चित

प्रायश्चित

कुमार खड्का
बेकारको टन्टो

बेकारको टन्टो

अनिल कोइराला
स्वजातीय प्रेम

स्वजातीय प्रेम

नन्दलाल आचार्य
अविश्वासको प्रस्ताव

अविश्वासको प्रस्ताव

सूर्यबहादुर पिवा
पुच्छर माने हनुमान

पुच्छर माने हनुमान

माधव पोखरेल गोज्याङ्ग्रे