साइबर अपराध सम्बन्धी सचेतना सामग्री

आऊ वार्ता गरौँ

मुलुक र मुलुकबासीको हितका लागि आआफ्नो अडानमा हामी अडिग छौँ र, अडिग रहने छौँ बस्,  त्यत्ति निर्णय गर्दा पुग्छ त्यत्ति निर्णय सुुनाउँदा पुग्छ ।

Nepal Telecom ad
पिँडालु पण्डित :
सँगै बस्नुको एउटा मज्जा छ
सँगै उठ्नुको अर्को मज्जा छ
मज्जैमज्जाको यस उठबसमा
आऊ- अर्को मज्जाका लागि
फेरि एउटा वार्ता गरौँ
जनता हाँस्दै गर्छन्
हामी हेर्दै गरौँ
अनाहकमा
कसलाई पो किन रुवाउनु
सके आफैँ हासौँ
नसके अरूलाई हँसाऔँ
हाँसोका लागि
विषयको अनिकाल छैन
विषय खोज्दै गरौँला
विषय रोज्दै गरौँला
यतिखेर भने
दायाँबायाँ नगरीकन
आऊ पहिला वार्ता गरौँ
जनता हाँस्दै गरुन्
हामी वार्ता गर्दै गरौँ ।
हामी सबै
नयाँ सोचका लागि तयार छौँ
नयाँ ढोँगका लागि तयार छौँ
पाखुरा र पाइला स्थिर भए पनि
विचारमा अग्रगामी छौँ
यहाँ को छैन र ! क्रान्तिकारी ?
कराइमा सबै छौँ
शक्तिशाली समेट्दिन्छौँ
निरीहलाई निमोठ्दिन्छौँ
मौका नपर्दा पाउ दाब्छौँ
मौका पर्दा पाउ ढोगाउँछौँ
बिर्सेका छैनौँ यो गायत्री मन्त्र
जनताका नाममा सुशासन गर्छाैँ
विचार एउटै छ
लक्ष्य एउटै छ
त्यसैले
कोही कुनाबाट निस्कौँ
कोही दुलाबाट निस्कौँ
कोही पिँढीबाट उक्लौँ
कोही सिँढीबाट उक्लौँ
र, एउटा सुरम्य वार्तास्थलमा
हाँसोकै लागि भए पनि
दायाँबायाँ नगरीकन
आऊ,
पहिला वार्ता गरौँ
जनता हाँस्दै गरुन्
हामी वार्ता गर्दै गरौँ ।
जनतालाई
धेरै दिनु पर्दैन
आस र त्रास दिए पुग्छ
सुधार र विकास
कसलाई पो चाहिएको छ र ?
यस्तो अनुकूल वातावरणमा
वार्ता नगरे कहिले गर्ने ?
आऊ, छिट्टै एउटा वार्ता गरौँ
निर्णयको कुनै दरकार छैन
कसैले क्षुद्र बनेर
छ्वास्स चासो राखेछन् भने
भनिदिऊँला-
मुलुक र मुलुकबासीको हितका लागि
आआफ्नो अडानमा हामी अडिग छौँ
र, अडिग रहने छौँ
बस्,
त्यत्ति निर्णय गर्दा पुग्छ
त्यत्ति निर्णय सुुनाउँदा पुग्छ
तब त-
दायाँबायाँ नगरीकन
आऊ पहिला वार्ता गरौँ
जनता हाँस्दै गरुन्
र, निरन्तर
थप मज्जाका लागि
हामी वार्ता गर्दै गरौँ ।
०००
नुवाकोट, हाल काठमाडौं
२०६६-४-२५
Subscribe
Notify of
guest

1 Comment
Oldest
Newest Most Voted
Purna Oli
Purna Oli
2 years ago

समसामयिक व्यङ्ग्य कविता

Nepal Telecom ad
जुँगा निर्मूल अभियान

जुँगा निर्मूल अभियान

पिँडालु पण्डित
लाइन माने लाइन

लाइन माने लाइन

पिँडालु पण्डित
लाइन माने लाइन

लाइन माने लाइन

पिँडालु पण्डित
निरन्तरताको क्रमभङ्ग

निरन्तरताको क्रमभङ्ग

पिँडालु पण्डित
खासखुस

खासखुस

पिँडालु पण्डित
पुर्पुरो

पुर्पुरो

पिँडालु पण्डित
नागरिक एक्सप्रेस !

नागरिक एक्सप्रेस !

गायत्री परिरोशनी
सबैजना आओ

सबैजना आओ

भोलानाथ सुबेदी
तस्बिरको राजा

तस्बिरको राजा

कृष्णभक्त श्रेष्ठ
फेरि एउटा लाेककथा

फेरि एउटा लाेककथा

खगेन्द्र नेउपाने
ताली बजाउँदछन्

ताली बजाउँदछन्

बालकृष्ण खनाल
नाैलाे युग, अभिनव वहार ? 

नाैलाे युग, अभिनव वहार...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
1
0
Would love your thoughts, please comment.x
()
x