साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कवि म​हिमा

सिंढीमा कवि, पिंढीमा कवि दायाँ कवि, बायाँ कवि ! यो देश​का ढुङ्गा र म​न्दिर​मा ज​ति देवी देव​ताह​रूको वास​ छ​ त्यो भ​न्दा ब​ढी भ​ग्नाव​शेष​ ग​ल्लीह​रूमा उत्ति नै कविह​रूको सास​ छ​।

Nepal Telecom ad

प्र​मोद सारंग :

आज कवि गोष्ठीमा जानु प​र्ने,
कविता सुनाउनु प​र्ने
ताली जोड्ले ब​ज्ने खाल​को
के विष​य​मा लेख्नु हो कविता ?

म​होद​य​,
ह​जुर​ प​नि कवि हो कि ?

म प​नि एउटा कवि
कतै चिन्नुहुन्छ​ कि यो कविलाई ?
कस​री चिन्नुहोला खै
अचेल​ कविह​रू नै
कविताको आँखालाई ठुङिर​हेछ​न्;
कतै-गुट​को कवि
कतै-फुट​को कवि
कतै-मान खोज्ने कवि
कतै-धान खोज्ने कवि

उहिले उहिले
सुनिन्थ्यो नाम र काम
आदिकवि, म​हाकवि, युग​कवि
आद​र​णीय​ कवि !

अचेल​ त
गोष्ठी धाउने कवि
खादा लाउने कवि
फोटो खिंचाउने कवि
खाम स​माउने कवि
दाम च​ढाउने कवि
नाम जोडाउने कवि

चिया कवि, स​मोसाकवि, सुक्खा कवि !
प्यारप्यारे कवि, ट्वारट्वारे कवि
टोल​टोल​मा कवि
चोकचोकमा कवि
व​ल्लो घ​र कवि
प​ल्लो घ​र कवि !

झ​ण्डेकवि, दास​कवि,
टेकाप​चेरे कवि, मुग्लाने कवि
बुज्रुककवि, फ​त​फ​ते कवि
ल​ह​रेखोकी कवि, ग​न​ग​ने कवि
म​पाईं कवि, ध​पाईँ कवि !

कतै भीर​को कवि
कतै पीर​को कवि
कतै शीर​को कवि
कतै भाङ्रे कवि
कतै न​ङ्रे कवि

आज गोष्ठीमा जानु प​र्ने
कविता सुनाउनु प​र्ने …!
कतै शान्तिको फूल फुलाउन
जीव​न कस्ने कवि
कतै कविताको नाम​मा
कर्कश धुन​ले त्य​सैत्य​सै चुलिएर
आफैँलाई विप​नामा ड​स्ने कवि

न​चाहिंदो होह​ल्लामा कवि
आप​सी खिँचातानीमा कवि
सिंढीमा कवि, पिंढीमा कवि
दायाँ कवि, बायाँ कवि !
यो देश​का ढुङ्गा र म​न्दिर​मा
ज​ति देवी देव​ताह​रूको वास​ छ​
त्यो भ​न्दा ब​ढी भ​ग्नाव​शेष​ ग​ल्लीह​रूमा
उत्ति नै कविह​रूको सास​ छ​।

आज गोष्ठीमा जानु प​र्ने
कविता सुनाउनु प​र्ने
ताली जोड्ले ब​ज्ने खाल​को
के विष​य​मा लेख्नु हो कविता ?
म​होद​य​ ह​जुर​ प​नि कवि हो कि ?

०००

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
गाईजात्रा

गाईजात्रा

प्रमाेद सारंग
राष्ट्रिय खेलाडी पेले

राष्ट्रिय खेलाडी पेले

प्रेम ओली ढकलपुरे
तमासा

तमासा

डा. बमबहादुर जिताली
नयाँ वर्ष

नयाँ वर्ष

प्रल्हाद पोखरेल
नयाँ वर्ष र पुराना सपनाहरू

नयाँ वर्ष र पुराना...

प्रमोद स्नेही
0
Would love your thoughts, please comment.x
()
x