साइबर अपराध सम्बन्धी सचेतना सामग्री

असार, कहाँ के गरी बुझाऊँ ?

न खेत, आली न धूलो हिलो रोपाइँ चल्दैछ कि कृषि-क्रान्ति छातीमा धान रोपेर चल्दैछ ? कतिले बीउ किन्दछन् रोप्छन् गमला खोजेर किसान बन्छन् आजका नेता तमाशा रोपेर ।

Nepal Telecom ad

डिल्लीराज अर्याल :

यो देश कृषि-प्रधान भन्दै सधै छु दङ्ग म
खेतीको गर्छु रहर साँच्चै रङ्ग न ढङ्ग म
न पशुपन्छी न मलखाद के खेती गर्छु म ?
तैपनि अझै किसान बन्ने रहर पोख्छु म।

असार लाग्यो, बर्सियो पानी खेतमा लगाऊँ ?
गएर आफै यो गैरी खेत भिजाऊँ, हिल्याऊँ !
गोठमा गोरु भएनन् अब ट्याक्टर बोलाऊँ !
यी बाँझा खेत जोतेर खेती लगाऊँ सजाऊँ !

म सोच्दै थिएँ तमाशा देखें हाँसू कि लजाऊँ ?
जे सोच्दै थिएँ देखिंदा उल्टै के सोच बनाऊँ ?
संसारै यस्तो भयो कि भनी म मन बुझाऊँ ?
कि हाम्रै सोच बिग्रेको ठानूँ कि राम्रो बताऊँ !

देखिए हाम्रा अगुवा धान छातीमा रोपेर
पर्दैन हिलो खेतमा जान भने झैं गरेर
शहर पसे, डेरामा बसे, किनेर खाँदैछन्
किसानसङ्घ भनेर खेती छातीमा गर्दैछन्

न खेत, आली न धूलो हिलो रोपाइँ चल्दैछ
कि कृषि-क्रान्ति छातीमा धान रोपेर चल्दैछ ?
कतिले बीउ किन्दछन् रोप्छन् गमला खोजेर
किसान बन्छन् आजका नेता तमाशा रोपेर

म पनि त्यही गरूँ कि सिको छातीमा रोपेर
फलाऊँ धान कि जोती खेत हिलोमा गएर
के सिकूँ मैले अगुवाबाट के जुक्ति लगाऊँ ?
तमाशा भयो भनूँ म कहाँ के गरी बुझाऊँ ?

०००
पाल्पा, हाल: काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
बिन्ती, बक्सियोस् आज झोली

बिन्ती, बक्सियोस् आज झोली

डिल्लीराज अर्याल
बैकुण्ठमा बास हुनैपर्छ

बैकुण्ठमा बास हुनैपर्छ

डिल्लीराज अर्याल
म, कान्छोमामा र उखानहरू

म, कान्छोमामा र उखानहरू

डिल्लीराज अर्याल
फेरि पनि उस्तै …ज्ञानम् ज्ञाने ज्ञानानि

फेरि पनि उस्तै …ज्ञानम्...

डिल्लीराज अर्याल
बैकुण्ठमा बास हुनैपर्छ

बैकुण्ठमा बास हुनैपर्छ

डिल्लीराज अर्याल
नयाँ नेपाल कन्या कपाल !

नयाँ नेपाल कन्या कपाल...

डिल्लीराज अर्याल
नाङ्गो नाच म हेर्छु

नाङ्गो नाच म हेर्छु

रामशरण न्याैपाने
हवसमाण्डु

हवसमाण्डु

एमपी पाण्डे
मूला

मूला

दुर्गा रिमाल अधिकारी
मौनताको आँधि

मौनताको आँधि

सुभाषचन्द्र देवकाेटा
पीडा

पीडा

हेमराज पन्त
0
Would love your thoughts, please comment.x
()
x