साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बाह्र र बार

बाबू र आमा कोहि होइनन् बुद्ध र हिमाल चिन्दिन चाड पर्व पराइकै नपालको केही मान्दिन ए बि र सि डी पढेको सड्नुसम्म सडेको पैसोको नालीमा विदेशमै त्यत्तिकै होइन गडेको ।

Nepal Telecom ad

रामकृष्ण ढकाल :

पहिले पहिले कहिले हो कहिलेदेखि आजकालको अहिलेसम्म हामीले सुन्दै आएका बारहरू दिनका बार टिनका बार घोचाका बार होचाका बार अग्लाका बार सग्लाका बार तारको बार सिउँडिको बार तगाराको बार आदि झन्डै एक बिसजति होलान् । तर त्यतिले नपुगेर होला बाह्रको बार नाम भाको एउटा मापाको बार अड्डा जमाएर खडा भएको छ । त्यतिमात्र कहाँ हो र, यो बाह्रको बारसँगै जन्मेको एउटा दोहा पनि छ –  काठमाडौका सडकमा शिक्षक नाचने, विद्यार्थीले विदेशमा भाँडा माझने ।

जब पुग्यो एक — मोबाईल कहाँछ देख ।
जब पुग्यो दुई — कार्टूनमा जिद्दी उहीँ ।
जब पुग्यो तीन — मुन्टिछोरी हिन ।
जब पुग्यो चार — पोके खाना झार ।
जब पुग्यो पाँच — अङ्ग्रेजीमा नाच ।
जब पुग्यो छ — झगडा मात्रै गर्छ ।
जब पुग्यो सात — नेपाली पनलाई लात ।
जब पुग्यो आठ — उसकै परिपाठ ।
जब पुग्यो नौ — आफन्त चिन्दैन लौ ।
जब पुग्यो दस — नेपाली बोल्न ठसठस ।
जब पुग्यो एघार — केटाकेटी साथी तयार ।
जब पुग्यो बाह्र — लवाइ खवाइ बिगार ।
जब कक्षा बाह्र — पराइको नोकर तयार ।
जब कट्यो बाह्र — पराइपाउमा लम्पसार ।
हो यहि बाह्रले नेपालीलाई नेपालमा बस्न बार लगायो । जल्दोबल्दो उमेरकालाई टाढा टाढा भगायो । केही बुझ्नै नपाइ नेपालदेखि अघायो ।

अहिलेका विदेशवादीहरू अङ्ग्रेजी नामक पश्चिमाकाे लादी घिचेपछि, मोबाइल र अत्याधुनिक वैज्ञानिक भनाउँदो पढाईले थिचेपछि, यति अन्धविश्वासी पाखे गँवार बन्छन् कि हेराइमा डाँका सल्केर नेपालमा केही देख्दैनन्, बुद्धत्व महान देख्दैनन्र किराको चिहान देख्छन् । भूत प्रेत हुँदैन भनेर पागल प्रलाप ओकल्छन्र, आफैंलाई विदेशवादको भूतले अङ्ग्रेजीको पिचासले, खाडीको खड्गोले, सताएको बुझ्दैनन् । महादेवको महानता होइन म्यानह्याट्टनको मसान सल्किएको थाहा पाउँदैनन् । राडीको ओछ्यानसित मनमुटाव गर्दै खाडीको रछ्यानसित मीत लाउँछन् । अल्लि कमाए कि त उतै रमाए । नेपालले त भन्छन बार लगाए ।

शिक्षा कक्षा र शिक्षक भनाउँदाहरू पनि कहाँ कम्ताका छन र ?! आफ्नै छोराछोरीलाई पढाउँदा भोलि कहाँ बस्ने बनाउने, कस्तो व्यवहार गर्ने बनाउने, कुन सँस्कारको बनाउने भन्ने चेत कुन खेतमा गाडिएको छ कुन्नी ?? आफूले पढाउने पाठ्यक्रमले पढेपछि बढिसक्दा सडिसक्ने बनाएको कुन भूतको कारण थाहा पाउन्नन् ?! अझ उनीहरू नै भन्छन्र भूतप्रेत अन्धविश्वास । गुरुभनाउँदाको गन्हाउँदा कन्त बिजोग !!

अनि जब पढ्यो बाह्र देशपटी बार त्यसै साना दुखले भएको होइन त । बाह्र वर्ष माया पढायो को बनाउने जोई भनेजस्तो छ । पढेर पढेर सडेर निस्केका शिक्षित पुस्ताको हबिगत । कसलाई आफ्नो मान्ने, कसलाई पराइ ठान्ने पुर्खाको सँस्कार छोडी बोत्तल सोत्तल तान्ने । क्या गज्जबको बाह्र अनि त्यसले देशप्रति लगाएको बार ।

लक्ष्मीप्रसाद देवकोटा कुन देशको नोकर भएकाले महाकवि बने ? बालकृष्ण सम कुन देश्को भिसाले ठूला भए ? अमरसिंह थापा, भक्ति थापा कुन पराइको चाकरी गरेर विभूति बने ? खोइ कुरो बुझेको । यति बिचार गर्न नसक्नेले के पढेको !? अनि त्यही बुद्धि आर्जन गरेकालाई सडेको नभनेर के भन्ने !! धन्न बाह्र !! तँ रहिछस् र इतिहासका वीरका छोराछोरी लाज पचाएर विदेशीका पाउमा हली गोठालो बन्न पाएका छन् !!

बिचरा राष्ट्र कवि माधव घिमिरे ! अहिले जिउँदै तन्नेरी भएका भए लेख्थेहोला –
जाँदैछ विदेश नेपाली पुर्खाको इज्जत पखाली
आमा र बाबू रुवाई लाज पचाएर हाम्फाली
आकाशको बाटो जानेछ बाक्साको बाटो आउनेछ
भोग्नु सास्ती रोएर रुवाउदै आउँनेछ
बाह्र कक्षा कटेसी आफूलाई आफैं लखेट्छ
स्वर्गजस्तो देशछोडी ५५ अङ्कको ताँत भेट्छ
बाबू र आमा कोहि होइनन् बुद्ध र हिमाल चिन्दिन
चाड पर्व पराइकै नपालको केही मान्दिन
ए बि र सि डी पढेको सड्नुसम्म सडेको
पैसोको नालीमा विदेशमै त्यत्तिकै होइन गडेको ।

०००
२०८२ वैशाख २०
चितवन ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
मैले त केही बुझिनँ

मैले त केही बुझिनँ

रामकृष्ण ढकाल
देश के हाे बुझिस् ?

देश के हाे बुझिस्...

रामकृष्ण ढकाल
स्याबास काग !?

स्याबास काग !?

रामकृष्ण ढकाल
रक्षा गर

रक्षा गर

रामकृष्ण ढकाल
कुबेर सुकुम्बासी

कुबेर सुकुम्बासी

रामकृष्ण ढकाल
0
Would love your thoughts, please comment.x
()
x