साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कवि हरिभक्त कटुवालकाे सम्झनामा

समय आज पनि कहाँ सजिलाे छ र ? एटमकाे त्रासमा सँधै आतङ्कित छन् मान्छेहरु शान्ति त केवल हतियारमा साँध लगाउन्जेल मात्रै छ आफन्तहरु चुँडिएकाे चङ्गा भएका छन् ।

Nepal Telecom ad

खगेन्द्र नेउपाने :

याे जिन्दगीको प्रत्येक पानामा
समयकाे चटपटे पाेकाे पारेर
सडक किनारमा उभिएकाे पसले जस्ताे
हरेक बेलुका नाफा नाेक्सानमा
उँघिरहेका हुन्छौँ हामी
शहरमा रात परेपछि कतै टाढा
अपरिचित अन्धकारकाे आतङ्क खस्छ
र गाउँमा मान्छेहरू
गन्जागाेलकाे त्रासदि बाेकेर
समय लुटिरहेछन्
बूढाे विवशता पिंडीकाे डिलमा
बँचेकाे उदासिनता पाेख्छ
याे जिन्दगी खै के जिन्दगी ?

मर्न नसकेका उमेरका आर्तनादहरु
टाउकाहरुकाे फराक रङ्शालामा
बेमौसमी फुटबल चलाउँछन्
वाक अराजकतालाई
वाक स्वतन्त्रताको दाैरा चढाएर
प्रजातन्त्रकाे रामलिला चलेकाे छ
पुग्ने ठाउँकाे टुंगो नलाग्ने सडकमा
झाेला बाेकेका मानिसका हुलहरु
अन्धकारकाे क्षितिजबाट पछारिन्छन्

दुख मिश्रित स्वरमा बेसुरा राग अलाप्छन्
याे जिन्दगी खै के जिन्दगी ?

हरि दाइ !
पाेखिएर बिहानका झुल्काहरु जस्तो
तपाईंको जस्केलाबाट
जिन्दगीको मझेरी
आज पनि चिहाउँदैछाैंं हामी
समय आज पनि कहाँ सजिलाे छ र ?
एटमकाे त्रासमा सँधै आतङ्कित छन् मान्छेहरु
शान्ति त केवल
हतियारमा साँध लगाउन्जेल मात्रै छ
आफन्तहरु चुँडिएकाे चङ्गा भएका छन्
प…र आकाशमा अल्मलिएकाे बादल जस्तै
कुन आकस्मिक हुरीले भत्काउँने
याे जिन्दगी खै के जिन्दगी ?

०००
गाैरादह, झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
म अदक्ष अध्यक्ष

म अदक्ष अध्यक्ष

खगेन्द्र नेउपाने
लाेग्ने र गधा

लाेग्ने र गधा

खगेन्द्र नेउपाने
कृत्रिम बाैद्धिकता

कृत्रिम बाैद्धिकता

खगेन्द्र नेउपाने
फेरि एउटा लाेककथा

फेरि एउटा लाेककथा

खगेन्द्र नेउपाने
नदीकाे मृत्यु

नदीकाे मृत्यु

खगेन्द्र नेउपाने
तीर

तीर

खगेन्द्र नेउपाने
हवसमाण्डु

हवसमाण्डु

एमपी पाण्डे
मूला

मूला

दुर्गा रिमाल अधिकारी
मौनताको आँधि

मौनताको आँधि

सुभाषचन्द्र देवकाेटा
पीडा

पीडा

हेमराज पन्त
0
Would love your thoughts, please comment.x
()
x