खगेन्द्र नेउपानेकवि हरिभक्त कटुवालकाे सम्झनामा
समय आज पनि कहाँ सजिलाे छ र ? एटमकाे त्रासमा सँधै आतङ्कित छन् मान्छेहरु शान्ति त केवल हतियारमा साँध लगाउन्जेल मात्रै छ आफन्तहरु चुँडिएकाे चङ्गा भएका छन् ।

खगेन्द्र नेउपाने :
याे जिन्दगीको प्रत्येक पानामा
समयकाे चटपटे पाेकाे पारेर
सडक किनारमा उभिएकाे पसले जस्ताे
हरेक बेलुका नाफा नाेक्सानमा
उँघिरहेका हुन्छौँ हामी
शहरमा रात परेपछि कतै टाढा
अपरिचित अन्धकारकाे आतङ्क खस्छ
र गाउँमा मान्छेहरू
गन्जागाेलकाे त्रासदि बाेकेर
समय लुटिरहेछन्
बूढाे विवशता पिंडीकाे डिलमा
बँचेकाे उदासिनता पाेख्छ
याे जिन्दगी खै के जिन्दगी ?
मर्न नसकेका उमेरका आर्तनादहरु
टाउकाहरुकाे फराक रङ्शालामा
बेमौसमी फुटबल चलाउँछन्
वाक अराजकतालाई
वाक स्वतन्त्रताको दाैरा चढाएर
प्रजातन्त्रकाे रामलिला चलेकाे छ
पुग्ने ठाउँकाे टुंगो नलाग्ने सडकमा
झाेला बाेकेका मानिसका हुलहरु
अन्धकारकाे क्षितिजबाट पछारिन्छन्
र
दुख मिश्रित स्वरमा बेसुरा राग अलाप्छन्
याे जिन्दगी खै के जिन्दगी ?
हरि दाइ !
पाेखिएर बिहानका झुल्काहरु जस्तो
तपाईंको जस्केलाबाट
जिन्दगीको मझेरी
आज पनि चिहाउँदैछाैंं हामी
समय आज पनि कहाँ सजिलाे छ र ?
एटमकाे त्रासमा सँधै आतङ्कित छन् मान्छेहरु
शान्ति त केवल
हतियारमा साँध लगाउन्जेल मात्रै छ
आफन्तहरु चुँडिएकाे चङ्गा भएका छन्
प…र आकाशमा अल्मलिएकाे बादल जस्तै
कुन आकस्मिक हुरीले भत्काउँने
याे जिन्दगी खै के जिन्दगी ?
०००
गाैरादह, झापा
Subscribe
Login
0 Comments
Oldest







































