साइबर अपराध सम्बन्धी सचेतना सामग्री

आधा सत्य, आधा भ्रम – १८

आफ्नो सम्पर्क र चिनजानको भरमा, राम्रैसँग चर्चित ठगनीय खतिवडाज्यूलाई कल गरें । उहाँले आफैं मलाई भनी दिनुभयो, “कुलिङ पिरियड" भनेको सचीवज्यूसँग मिलेर संसद छल्ने उपाय हो। संसदीय समितिलाई न्यानो थाङ्नोमा सुताइने प्रक्रिया हो।”

Nepal Telecom ad

अर्जुन दाहाल :

नजान्नु र नबुझ्नु पनि ठूलो पिरलो रहेछ। अहिले म त्यही पिरलोमा छु। आँखाका चिप्रा पुछेर हेरे पनि, नपुछी हेरे पनि— नेपाली समाचारतिर, “कुलिङ पिरियड, कुलिङ पिरियड” भनेर चारैतिर कुर्लिएको देखिन्छ/सुनिन्छ।

तर मलाई न यसको छेउटुप्पो थाहा छ, न हाँगापात। वर्षभरिमा झन्डै ५० इन्चसम्म हिउँ पर्ने ठाउँमा बसेको २१ वर्ष भइसक्यो तर “कुलिङ पिरियड” के हो भन्ने कुरा अझै नबुझ्नु मेरो कमजोरी नै हो।

सधैंझैं नबुझेको कुरा बुझ्न न्यू हेम्पशायरमा बस्ने आदरणीय गगन ओझाज्यूलाई फोन गरें। तर उहाँले सिधा उत्तर दिनुभएन, बरु भन्नुभयो,“तपाईंको सञ्चारकर्म चाहिँ अहिले कुलिङ पिरियडमा छ है, अर्जुन जी।”
म झन् दोधारमा परें।

त्यसपछि क्यानडामा बस्नुहुने प्रिय सर, पानी डाक्टर प्रभाकरलाई फोन गरें। उहाँ बसेको ठाउँमा त अझै बढी जाडो हुन्छ, अझ बढी हिउँ पर्छ— अब त केही बुझिन्छ कि भन्ने आश गरेँ तर उहाँले त झन,”पोलिटिकल कुरा मलाई कहिल्यै नगर्नू, अर्जुन जी !” भन्दै सातो नै खानुभयो।
बल्ल मैले चाहिँ बुझे जस्तो लाग्यो— यो त राजनीतिक विषय रहेछ !

राजनीति सबै बुझेको दाबी गर्ने उही क्यानडावासी प्रिय दाइ शैलेन्द्रलाई फोन ठोकें। उहाँले चाहिँ अचम्मको सल्लाह दिनुभयो, “तपाईं आफैं यत्रा धेरै नेता चिन्नुहुन्छ, सिधै रामसिंह खतिवडालाई कल गर्नु त !”

अन्त्यमा, आफ्नो सम्पर्क र चिनजानको भरमा, राम्रैसँग चर्चित ठगनीय खतिवडाज्यूलाई कल गरें । उहाँले आफैं मलाई भनी दिनुभयो, “कुलिङ पिरियड” भनेको सचीवज्यूसँग मिलेर संसद छल्ने उपाय हो। संसदीय समितिलाई न्यानो थाङ्नोमा सुताइने प्रक्रिया हो।”

अब बाँकी सभामुखज्यूले अब त्यस्ता कुलिङ पिरियड छल्नेहरूलाई रूलिङ गर्छन् कि गर्दैनन्, हेर्न बाँकी नै छ।

०००
व्यङ्ग्य लेखक ‘नुनचिनी पानी’ अमेरिकाका परिकल्पनाकार हुन्।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
अबसुखीकरण कार्यक्रम:

अबसुखीकरण कार्यक्रम:

अर्जुन दाहाल (क)
बाजी:

बाजी:

अर्जुन दाहाल (क)
अन्तिम अस्त्र

अन्तिम अस्त्र

अर्जुन दाहाल (क)
आधा सत्य : आधा भ्रम- ५०

आधा सत्य : आधा...

अर्जुन दाहाल (क)
आधा सत्य, आधा भ्रम- ४९

आधा सत्य, आधा भ्रम-...

अर्जुन दाहाल (क)
आधा सत्य, आधा भ्रम – ४८

आधा सत्य, आधा भ्रम...

अर्जुन दाहाल (क)
पूजापाठ

पूजापाठ

मीनप्रसाद लामिछाने
छात्रवृत्ति

छात्रवृत्ति

रमेश समर्थन
पाटी पार्टीका कुरा

पाटी पार्टीका कुरा

रामप्रसाद पन्थी
चोरहरु

चोरहरु

कृष्ण उफान
आश्वासन

आश्वासन

सुरेशकुमार पाण्डे
0
Would love your thoughts, please comment.x
()
x