साइबर अपराध सम्बन्धी सचेतना सामग्री

आवा

ए बाबा कसलाई आवा गर्नु भा होला मनमनै सोच्दै थिएँ ..... फोन तिम्रा पिएले उठाउँछन् बोल्न दिँदैनन् सामाजिक सन्जालमा तिमी बोल्दैनौ अनि आवा नगरे के गर्नु त हे नालायक... ।

Nepal Telecom ad

रविन तिम्सिना काेर्काली :

हेलो
आज बिहानै आवा आयो
फोन, म्यासेन्जर, भाइवर, ह्वाटसएप, ईन्स्टग्राम आदिको जमानामा आवा…..
म तीन होइन ७/८ छ्क्क परेँ
उतावाट आवाज आयो
अचम्म लाग्यो होला
मैले मन्द स्वरमाभने हो !!!
फेरि भन्यो
यस्तै हो- अनौठो नमान्नु
आमा वलात्कृत हुँदा
बाबुको नाक काटिँदा
खुशी हुने छोराछोरी जन्माएसी ।
ऊ अट्टहास हाँसो हाँस्यो
म सुनेको सुन्यै भएँ
अब म
अब म हत्या गर्छु, बलत्कार गर्छु, डकैती गर्छु
गाँजा, चरेस, हिरोइन, कोकिन बेच्छु …
पेशेवार अपराधी बन्छु।
ऊ जोड जोडले भन्दै थियो, मैले सोधे किन ?
भुत्रा किन
मन लाग्यो गर्छु
कसले के गर्ने मलाई ?
तिम्ले विधि मान्नु नपर्ने ,
नियम मान्नु नपर्ने, मैले किन पर्ने ?
तिम्ले कानुन मान्नु नपर्ने मैले किन मान्ने ?
तिम्ले संविधान मिच्दा हुने मैले किन नहुने ?
तिमीमा सनक चड्दा जय जयकार
मलाई किन कानुन ?
तेसिमा झ्याक्ने हो
तिमेरुलाई तीरले हानेर मार्नु पर्ने
चकाना चकाना पारेर काट्नु पर्ने
भेटुँ मात्र न न न न ……..
ए बाबा कसलाई आवा गर्नु भा होला
मनमनै सोच्दै थिएँ …..
फोन तिम्रा पिएले उठाउँछन्
बोल्न दिँदैनन्
सामाजिक सन्जालमा तिमी बोल्दैनौ
अनि आवा नगरे के गर्नु त हे नालायक प्रधानमन्त्री ।
उसको कुराले ममा झड्का लाग्यो ।
रङ नम्बर  मैले फोन काटिदिएँ !

०००
हिलीहाङ, पाँचथर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
चार लिमरिक

चार लिमरिक

रविन तिम्सिना ‘काेर्काली’
मान्छे

मान्छे

साधुराम खड्का
मानदेखि भुक्तमानसम्म

मानदेखि भुक्तमानसम्म

डा. शरद परासर मरहट्टा
दाेभानमा भेट भएपछि

दाेभानमा भेट भएपछि

डा. विप्लव ढकाल
हस्तान्तरण

हस्तान्तरण

फित्काैली डटकम
एक डोको : सम्पती विवरण

एक डोको : सम्पती...

भाेज अर्याल
तिनी र यिनी

तिनी र यिनी

चन्द्रप्रसाद न्याैपाने
0
Would love your thoughts, please comment.x
()
x