चार लिमरिक
देश र जनताको प्रतिनिधिको नाममा कति डस्छौ उनैलाई बस्छन् र गुमनाममा कुर्सी र पद हत्याउनको लागि आफन्त, धुर्त र गुलामको लागि नेताहरु सधैं मोटाउने देश भने झ्वाम ।
रविन तिम्सिना ‘काेर्काली’ :
१. शक्ति
आणविक अस्त्रले सन्सार हल्लाउनेहरु
शक्तिको साङ्लोले दुनियाँलाई बाँध्नेहरु
सक्छौ पृथ्वी एकक्षण रोक
Aअघि Z पछि के हुन्छ तोक
प्रकृतिमाथि नै कुशासन गर्न खोज्नेहरु ।
२. विभत्स
हतियार बनाएर भ्यागुतो झैँ फुल्ने तिमी
हरेक मृत्युको अकाल कारण हौ तिमी
जब आफैतर्फ फर्कन्छ काल
चाख्छौ अनि कस्तो बनेछ माल
मैमत्त भएका छौ दुनियाँ रुवाएर तिमी ।
३. नेता
देश र जनताको प्रतिनिधिको नाममा
कति डस्छौ उनैलाई बस्छन् र गुमनाममा
कुर्सी र पद हत्याउनको लागि
आफन्त, धुर्त र गुलामको लागि
नेताहरु सधैं मोटाउने देश भने झ्वाम ।
४. मजदुर
आफू संधै भोकभोकै रहेर नै भए पनि
आफ्नो आत्मालाई सधैं मारिरहेर पनि
दुनियाँलाई अघाउने मान्छे
संसारलाई जगाउने मान्छे
कति धेरै खुशी छ ऊ मजदुर भएर पनि ।
०००
हिलिहाङ, पाँचथर
Subscribe
Login
0 Comments
Oldest