साइबर अपराध सम्बन्धी सचेतना सामग्री

चार लिमरिक

देश र जनताको प्रतिनिधिको नाममा कति डस्छौ उनैलाई बस्छन् र गुमनाममा कुर्सी र पद हत्याउनको लागि आफन्त, धुर्त र गुलामको लागि नेताहरु सधैं मोटाउने देश भने झ्वाम ।

Nepal Telecom ad

रविन तिम्सिना ‘काेर्काली’ :

१. शक्ति
आणविक अस्त्रले सन्सार हल्लाउनेहरु
शक्तिको साङ्लोले दुनियाँलाई बाँध्नेहरु
सक्छौ पृथ्वी एकक्षण रोक
Aअघि Z पछि के हुन्छ तोक
प्रकृतिमाथि नै कुशासन गर्न खोज्नेहरु ।

२. विभत्स
हतियार बनाएर भ्यागुतो झैँ फुल्ने तिमी
हरेक मृत्युको अकाल कारण हौ तिमी
जब आफैतर्फ फर्कन्छ काल
चाख्छौ अनि कस्तो बनेछ माल
मैमत्त भएका छौ दुनियाँ रुवाएर तिमी ।

३. नेता
देश र जनताको प्रतिनिधिको नाममा
कति डस्छौ उनैलाई बस्छन् र गुमनाममा
कुर्सी र पद हत्याउनको लागि
आफन्त, धुर्त र गुलामको लागि
नेताहरु सधैं मोटाउने देश भने झ्वाम ।

४. मजदुर
आफू संधै भोकभोकै रहेर नै भए पनि
आफ्नो आत्मालाई सधैं मारिरहेर पनि
दुनियाँलाई अघाउने मान्छे
संसारलाई जगाउने मान्छे
कति धेरै खुशी छ ऊ मजदुर भएर पनि ।

०००
हिलिहाङ, पाँचथर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
आवा

आवा

रविन तिम्सिना ‘काेर्काली’
बेलाको बोली- १५६

बेलाको बोली- १५६

डा. ऋषि बस्ताकाेटी
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
बेलाको बोली- १५५

बेलाको बोली- १५५

डा. ऋषि बस्ताकाेटी
चार ठोक्तक

चार ठोक्तक

रमेश समर्थन
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
0
Would love your thoughts, please comment.x
()
x