साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सय वर्षिय जेईद्वारा ‘जेईको सम्झना’ को विमोचन

राप्ती साहित्य परिषद् दाङ शाखाका अध्यक्ष यम रेग्मीको अध्यक्षता तथा वरिष्ठ साहित्यकार तथा पत्रकार नारायणप्रसाद शर्माको प्रमुख आतिथ्य तथा राप्ती साहित्य परिषद् केन्द्रका निवर्तमान अध्यक्ष पुरुषोत्तम खनाल तथा शताब्दी महिला क्वारीदेवी भण्डारीको विशिष्ट आतिथ्य रहेकाे थियाे ।

Nepal Telecom ad

दाङ, २०८१ मङ्सिर १५ । साहित्यकार सुरेशकुमार पाण्डेद्वारा लिखित “जेईको सम्झना” लघुकथा सङ्ग्रहको एक कार्यक्रमका बीच घोराहीको मालाइन होटलमा भव्य रूपमा लोकार्पण गरिएको छ।

राप्ती साहित्य परिषद् दाङ शाखाका अध्यक्ष यम रेग्मीको अध्यक्षता तथा वरिष्ठ साहित्यकार तथा पत्रकार नारायणप्रसाद शर्माको प्रमुख आतिथ्य तथा राप्ती साहित्य परिषद् केन्द्रका निवर्तमान अध्यक्ष पुरुषोत्तम खनाल तथा शताब्दी महिला क्वारीदेवी भण्डारीको विशिष्ट अतिथ्यमा कार्यक्रम सम्पन्न गरिएको थियो ।

कृति विमोचन गर्दै प्रमुख अतिथि शर्माले पुराना कुरालाई रचनात्मक शैलीमा जीवन्तता दिने काममा सर्जकले न्याय गरेको बताए । उनले नेपाली समाजको अवस्थाबारे कृतिका माध्यमबाट उजागर गर्ने काम गरेर पठनीय सामग्री तयार पारेको भन्दै खुशी प्रकट गरे ।

उक्त कृतिको समिक्षा चन्द्रबहादुर थापा र नारायणप्रसाद श्रेष्ठले गरेका थिए । कार्यक्रममा कृतिका सर्जक सुरेशकुमार पाण्डेयले कृति रचनाका बारेमा अनुभव सुनाएका थिए । उनले कृति बिक्रीबाट संकलित रकम सामाजिक काममा लगाउने बताए ।

१०८ पृष्ठ रहेको “जेईको सम्झना” लघुकथा सङ्ग्रहमा ५४ वटा लघु कथा समावेश गरिएको छ । पारिवारिक, सामाजिक, राजनीतिक, मनोविज्ञान, सांस्कृतिक, रोजगारका पक्षलाई लघु कथाले उजागर गरेको समिक्षकको भनाइ छ । कथा, कथा विधा, यसका आयामलगायत विषयमा समिक्षकले चर्चा गरेका थिए ।

राप्ती साहित्य परिषद् केन्द्रका अध्यक्ष डा. टीकाराम उदासी, सल्लाहकार उत्तमकृष्ण मजगैया, प्राज्ञ नन्दु उप्रेती, लेखक सङ्घका अध्यक्ष खगराज न्यौपाने, सिस्नोपानी नेपालका दाङ शाखाका अध्यक्ष डा. लोकराज पराजुली ,राप्ती साहित्य परिषद् दाङ शाखाका सल्लाहकार कमलमणि देवकोटा, निवर्तमान अध्यक्ष दीपक शर्मा “समीर” नयाँ युगबोध राष्ट्रिय दैनिकका सम्पादक गोविन्द खड्का, समानान्तर अनलाइनका सम्पादक छवि पुरी लगायतको गरिमामय उपस्थिति रहेको थियो।

सो कार्यक्रममा वरिष्ठ साहित्यकारहरू सच्युतराज उप्रेती, गणेश विषम, नारायण नेपाल, डाँगी साहित्यकारहरूमा हरिप्रसाद पौडेल “स्वर्णशिखा”, दामोदर पौडेल, हरिप्रसाद पाण्डे, सुन्दर गौतम, शरद गौतम, एकराज शर्मा, गोपाल भुसाल, नरेशजंग राणा, महेश कुमार न्यौपाने, खेमराज गाउँले, धनसिंह गिरी, दिलीप डाँगी, शारदा शर्मा, कुलबहादुर ओली, वसन्त अनुभव, रिमा गौतम, देवेन्द्र रिजाल, कृति डिसी, नारद भण्डारी, नवराज देवकोटा, त्यसैगरी साहित्य अनुरागीहरूमा मनिराम खनाल, वसन्त भट्टराई, गणेश आचार्य, मेघराज भट्टराई, यादव भण्डारी, अरुण कुमार नेपाली, दीपनारायण पाण्डे, खगराज पाण्डे, सुदेव पाण्डे, देवी पाण्डे, शिवराज पाण्डे, सुनिता पाण्डे, मनिषा पाण्डे, दीपा रिजाल, यादव प्रसाद भण्डारी ,मधुसुदन पाण्डे, लुमाकान्त कुँवर, योजना रेग्मी, शिवान्सी पाण्डे, सारांश पाण्डे, प्रान्सी रिजाल, यशोदा केसी, सरोजजंग केसी, खोपिलाल पाण्डे लगायतको गरिमामय उपस्थिति रहेको थियो।

राप्ती साहित्य परिषद् दाङ शाखाकी सहसचिव वीणा रोकाको स्वागत मन्तव्यबाट शुभारम्भ भएको कार्यक्रममा सचिव घनश्याम केसीले कार्यक्रम सञ्चालन गर्नुभएको थियो। संस्थाको तर्फबाट पुस्तकका लेखक साहित्यकार सुरेशकुमार पाण्डेलाई प्रशंसापत्रले सम्मान गरिएको थियो ।

०००
-सुरेशकुमार पाण्डेकाे साैजन्यमा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x