साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मुक्तिको भ्रम

तुरुन्तै उनले आफ्नो मलिन अनुहार ऐनामा हेरिन् । हातको मैलो पुछिन्, ओठमा अलिकति लाली दलिन् र मोबाइल तेर्स्याएर 'ङिच्च' गर्दै एउटा मुस्कानसहितको तस्बिर खिचिन् ।

Nepal Telecom ad

नन्दलाल आचार्य :

“अझै भ्याएकी छैनौ ? ढिलो भइसक्यो,” सोफामा ढल्केर पत्रिका पल्टाउँदै श्रीमान्‌ले आदेशात्मक स्वरमा सोधे ।

“बिहान ६ बजेदेखि सुरु भएको यो ‘जागीर’ बाट राति १० नबजी कहाँ छुट्टी मिल्छ र ?” सरलाले निधारको पसिना पुछ्दै थपिन्, “न कहिल्यै तलब आउँछ, न ग्रेड बढ्छ । बोनस र बिदाको त कुरै छोडौँ !”

श्रीमान्‌ले व्यङ्ग्य गरे, “सित्तैमा खाएकी छ्यौ र ? तिम्रै देनले त घरव्यावहार चलेकै छ नि ।”

सरलाको मनमा विद्रोहको ज्वारभाटा उठ्यो । उनले भनिन्, “बिरामी पर्दा काज पाइँदैन, थाकियो भनेर राजीनामा दिन खोज्दा समाजले दिँदैन । यो घर हो कि मेरो पसिना सोस्ने कारखाना ? जिन्दगीको योभन्दा ठूलो पीडा अरू के होला र बरै !”

भान्साको धुँवा र भाँडाको आवाजबीच सरला एकछिन थुचुक्क बसिन् । उनलाई लाग्यो- यो शोषक सुसेधन्दाको कुनै अन्त्य छैन । तर, तुरुन्तै उनले आफ्नो मलिन अनुहार ऐनामा हेरिन् । हातको मैलो पुछिन्, ओठमा अलिकति लाली दलिन् र मोबाइल तेर्स्याएर ‘ङिच्च’ गर्दै एउटा मुस्कानसहितको तस्बिर खिचिन् ।

“अघि भर्खर पीडाको बेलिबिस्तार लाउँदै थियौ, अहिले फेरि केको मुस्कान ?” श्रीमान्‌ले अचम्म मान्दै सोधे ।
सरलाले फोटो सामाजिक सञ्जालमा अपलोड गर्दै जवाफ दिइन्- “हजुर, बाहिर ‘अपलोड’ हुने मेरो यो बनावटी खुसी नै भित्र ‘डाउनलोड’ भइ-रहने मेरो आँसु लुकाउने एक मात्र काइदा हो !”

०००
२०८२ पुस ८ गते ।
बेलका-२, सिद्धार्थटोल, गल्फडिया, उदयपुर ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
नेताको व्यथा

नेताको व्यथा

रामकुमार पाँडे
अज्ञानताको विज्ञान

अज्ञानताको विज्ञान

शिवप्रसाद जैशी
जङ्गली समाज !!

जङ्गली समाज !!

कलानिधि दाहाल
दाइजात्रा !

दाइजात्रा !

गायत्री परिरोशनी
प्रतिबिम्ब

प्रतिबिम्ब

लक्ष्मी रिजाल
अनुहार

अनुहार

नगिता लेप्चा राई
0
Would love your thoughts, please comment.x
()
x