साइबर अपराध सम्बन्धी सचेतना सामग्री

चार ठाेक्तक

स्पार्टाकसको पनि खोजी नै थियो‚ तर दास भएरै रमाउने भए विडम्बना कस्तो भयो भने‚ भुलाउन सिपालु छ नि भनेर बाँदरलाई बिस्कुन रुङ्न छोडेको‚ सुकुल उधिनेरै सक्ने भए ।

Nepal Telecom ad

राजेन्द्रप्रसाद अधिकारी :

(१) बिरालोलाई दूध
संकल्प देश बनाउने नै थियो‚ तर पैसा कुम्ल्याएरै गयो
इमान देखाउछु भन्ने नै थियो‚ तर बेइमान निक्लेरै गयो
विडम्बना कस्तो भयो भने‚ फूर्तिलो देखियो नि भनेर
बिरालोलाई दूध रुङन् छोडेको‚ कुँडे कराही चाटेरै गयो ।

(२) ब्वाँसोलाई भेंडा
हँसिया हथौडा हातमा नै थियो‚ तर नभका तारा गन्ने भयो
बाँच्ने आधार दिन्छु नै भन्थ्यो‚ तर छानो भत्काएरै बस्ने भयो
विडम्बना कस्तो भयो भने‚ चतुर देखियो नि भनेर
ब्वाँसोलाई भेंडा रुङन् छोडेको‚ पाठापाठी दपेटेरै मास्ने भयो ।

(३) बाँदरलाई बिस्कुन
बा हुन इलम गर्लान नै भन्ने थियो‚ तर तुक्का बुनेरै खाने भए
स्पार्टाकसको पनि खोजी नै थियो‚ तर दास भएरै रमाउने भए
विडम्बना कस्तो भयो भने‚ भुलाउन सिपालु छ नि भनेर
बाँदरलाई बिस्कुन रुङ्न छोडेको‚ सुकुल उधिनेरै सक्ने भए ।

(४) छेपारोलाई मौसम
विचारसँगै चम्कनु पर्छ नै भन्थ्यो‚ तर झेल गर्न मै रमायो
उचाईमा पुग्नु पर्छ नै भन्थ्यो‚ तर धरातलबाट झर्न मै रमायो
विडम्बना कस्तो भयो भने‚ परिवर्तन-अकुलन छ नि भनेर
छेपारोलाई मौसम रुङ्न छोडेको‚ आफ्नो रङ् फेर्नमै रमायो ।

०००
२०८२ पुस २८

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
देउता‚ अनि तिमी चाहिँ किन चुप ?

देउता‚ अनि तिमी चाहिँ...

राजेन्द्रप्रसाद अधिकारी
सपनामाथि तपाईंहरु कत्तिको विश्वास गर्नुहुन्छ…?

सपनामाथि तपाईंहरु कत्तिको विश्वास...

राजेन्द्रप्रसाद अधिकारी
तपाईंलाई चिन्ने कसरी हो ?

तपाईंलाई चिन्ने कसरी हो...

राजेन्द्रप्रसाद अधिकारी
हैन के छ त्यस्तो हाम्रो देशमा…

हैन के छ त्यस्तो...

राजेन्द्रप्रसाद अधिकारी
टोलको यौटा मासुपसल

टोलको यौटा मासुपसल

राजेन्द्रप्रसाद अधिकारी
गलेको काँध र मक्किएको झोला

गलेको काँध र मक्किएको...

राजेन्द्रप्रसाद अधिकारी
चार ठाेकान

चार ठाेकान

रमेश समर्थन
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
बेलाको बोली-१६६

बेलाको बोली-१६६

डा. ऋषि बस्ताकाेटी
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
गणतन्त्र

गणतन्त्र

फित्काैली डटकम
दुई ठोक्तक

दुई ठोक्तक

तेजविलास अधिकारी
0
Would love your thoughts, please comment.x
()
x