साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सङ्घीयताले के लछार्‍यो ??

बाँच्नै मुस्किल पर्छ देश भर नै आतङ्ककाे राज छ के आऊन् सुखशान्तिका पल फिरी झन् झम्टने बाज छ मानौँ रक्तपिपाषु त्याे दिनदिनै हान्दैछ ताताे घन तिम्राे त्याे गणतन्त्रले मुलुकमा खै के लछार्‍यो भन ।।

Nepal Telecom ad

हाेम सुवेदी

धर्तीको छ महा पुकार कसले आवाज त्यो सुन्छ र
व्यर्थैको गणतन्त्र यो मुलुकमा तोकेर के हुन्छ र
भन्थ्यौ स्वर्ग बनाउँछौ तर अझै झन् देश भो निर्जन
तिम्राे त्याे गणतन्त्रले मुलुकमा खै के लछार्‍यो भन ।।

नाङ्‌गाे संस्कृति पश्चिमासँग फियो साटेर गाँसेपछि
ल्याएछौ गणतन्त्र यो मुलुकको संस्कार मासेपछि
नाच्ने ठाउँ हुँदै गएछ तिनको याे देश वृन्दावन
ल्याएको गणतन्त्रले मुलुकमा खै के लछार्‍यो भन ।।

मारी सत्र हजार वा अझ बढी ल्याएर सङ्घीयता
धेरै क्रूर महा निशाचरहरू मानौँ बने देवता
खान्छौ पेट फुलाउँछौ पलपलै बेचेर आफ्नाे पन
तिम्राे त्याे गणतन्त्रले मुलुकमा खै के लछार्‍यो भन ।।

छन् बाँझै सब खेत आज पहिले हुन्थे बडाे उर्बर
झोलेका गणमा लगाम नहुँदा यो देश भाे जर्जर
यस्तै चाल हुँदै गए मुलुक यो हाेला अझै दन्दन
तिम्राे त्याे गणतन्त्रले मुलुकमा खै के लछार्‍यो भन ।।

यौटाले अति नै गरी रगतको भर्दै थियो पाेखरी
जुध्छन् आपसमा यतातिर भने साँढे जुधेकै सरि
आमाका गह भिज्दछन् छिनछिनै छन् बाबुका क्रन्दन
तिम्राे त्याे गणतन्त्रले मुलुकमा खै के लछार्‍यो भन ।।

बाँच्नै मुस्किल पर्छ देश भर नै आतङ्ककाे राज छ
के आऊन् सुखशान्तिका पल फिरी झन् झम्टने बाज छ
मानौँ रक्तपिपाषु त्याे दिनदिनै हान्दैछ ताताे घन
तिम्राे त्याे गणतन्त्रले मुलुकमा खै के लछार्‍यो भन ।।

०००
भद्रपुर, झापा
अप्रकाशित ‘आत्मगौरव’ खण्डकाव्यबाट

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
बोक्सीका ताजा बात- (७)

बोक्सीका ताजा बात- (७)

गायत्री परिरोशनी
सर्वज्ञानी

सर्वज्ञानी

हेमराज पन्त
दल खल्बलको

दल खल्बलको

रमेश खकुरेल
बन्छौ घमण्डी किन ?

बन्छौ घमण्डी किन ?

बालकृष्ण खनाल
अक्कली

अक्कली

हरि कोर्काली
0
Would love your thoughts, please comment.x
()
x