साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कसले ?

आफ्ना धुपौरा बाहेक अरुलाई सिध्याउन नयाँनयाँ फर्मुला निकालेको कसले ? भ्रष्टाचारमा समृद्धि ल्याएर देशलाई 'ग्रे लिष्टमा' फालेको कसले ?!

Nepal Telecom ad

अर्जुन पराजुली :

सम्सदलाई भेडाबाख्राको खोर बनाएको कसले ?
समानुपतिक सीट तीनदेखि दश करोडमा
बेचेर खाएको कसले ?

समानुपातिक साम्सद पद
गर्लफ्रेन्ड र श्रीमतीको पेवा बनाएको कसले ?
तीन दिन बल्दा नि बलिनसक्ने गरी
घरमा नोटको थुप्रो लाएको कसले ?

गर्दिन भन्देभन्दै भ्रष्टाचार गरेको, कसले ?!
अदालत अख्तियार
आफ्नै झोलेले भरेको कसले ?

हेलिकप्टरमा केक ओसारेर
आफ्नू जन्मदिन मनाएको कसले ?!

देशलाई थी ब्रदर्स एण्ड कम्पनी –
बनाएको कसले ??
भुटानी शरणार्थी काण्ड गरेको,
गर्न लाएको कसले ?!

भिजिट-भीसाको नाममा
जनता बेचेर खाएको कसले ?!

भ्रष्टाचारका फाइल खुल्न थालेपछि
सरकार ढालेको कसले ?!
बक्यौता उठाउन खोज्दा
कुलमान फालेको कसले ?!

घुसलाई दान भन्दै अर्बअर्ब खाने कला
निकालेको कसले ?!

एनसेल, गिरीबन्धु, यति. ओम्नी
काण्डेकाण्ड भेला गरेर देश विकासमा
नयाँनयाँ कदम चालेको कसले ??

आफ्ना धुपौरा बाहेक अरुलाई सिध्याउन
नयाँनयाँ फर्मुला निकालेको कसले ?
भ्रष्टाचारमा समृद्धि ल्याएर देशलाई
‘ग्रे लिष्टमा’ फालेको कसले ?!

आफ्नू दशैं मनाउन, जनताको सम्सदलाई
-गर्दनमा खुँडाले हानेर
दुईदुईचोटि ढालेको कसले ?

अनि-
यता निधारमा राष्ट्रियताको स्टीकर टाँसेर
उता ‘आई लभ यु’ भन्दै ‘होली-वाइन’ को बोतललाई
अँगालो हालेको कसले ?

०००

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
म झोले होइन

म झोले होइन

अर्जुन पराजुली
के हुन्छ कमरेड ?

के हुन्छ कमरेड ?

अर्जुन पराजुली
चौसठ्ठी चिन्तन

चौसठ्ठी चिन्तन

हाेमनाथ घिमिरे
कहाँ छ प्रतिशाेध ?

कहाँ छ प्रतिशाेध ?

चन्द्रप्रसाद न्याैपाने
शैतानको बगान

शैतानको बगान

प्रा. कपिल अज्ञात
गधा र मेरो यात्रा

गधा र मेरो यात्रा

तिला लेकाली
0
Would love your thoughts, please comment.x
()
x