साइबर अपराध सम्बन्धी सचेतना सामग्री

तिन ठट्यौली

Nepal Telecom ad

खाली बोतलले

रक्सीको कारण बर्बाद भएको बिर्खेले आजदेखि कहिल्यै रक्सी नपिउने कसम खायो । घरमा भएका सबै रक्सीका बोतलहरू फ्याँक्न थाल्यो ।
पहिलो बोतल फ्याँक्दै बिर्खेले भन्यो– तेरो कारण मेरो नोकरी गयो ।
दोस्रो बोतल फ्याँक्दै बिर्खेले भन्यो– तेरो कारण मेरो घरबारी बेच्नुपर्यो ।
तेस्रो बोतल फ्याँक्दै बिर्खेले भन्यो– तेरो कारण मेरी स्वास्नी पोइल गई ।
चौथो बोतल फ्याँक्न उठाएको मात्र के थियो, त्यो बोतलभरि रक्सी थियो । त्यो रक्सीको बोतलतिर हेर्दै बिर्खे भन्छ– तँ चै साईड लाग, अहिलेसम्म तेरो कुनै गल्ती छैन, जे गर्नु गरे ती सबै खाली बोतलले गरेका हुन् !

000

बिद्या कलेज आएकी छैन नि त

शिक्षक स् तिमी कलेज किन आउँछौ ?
विद्यार्थी स् बिद्याको लागि सर ।
शिक्षक स् त्यसो भए तिमी आज क्लासमा किन सुतिरहेको छौ त ?
विद्यार्थी स् किनकि आज बिद्या कलेज आएकी छैन नि त सर ।

000

विद्यार्थीको इच्छा

शिक्षक स् मनले कुनै प्रार्थना गर्यो भने तिमीहरूको इच्छा पूरा हुन्छ बाबुहरू ।
विद्यार्थीहरू स् यो सबै झुठो कुरा हो सर !!
शिक्षक स् किन र ?
विद्यार्थीहरू स् यदि यो साँचो हुने हो भने त तपाईं अर्कै स्कुलमा सरुवा भई सक्नु हुने थियो सर…

-टिपनटापन

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
चार खित्कौली

चार खित्कौली

अमर अधिकारी
तालु

तालु

ईश्वर पाेखरेल
चार खित्कौली

चार खित्कौली

अमर अधिकारी
आधुनिक मजनु

आधुनिक मजनु

ईश्वर पाेखरेल
पाँच खित्कौली

पाँच खित्कौली

अमर अधिकारी
नाक

नाक

ईश्वर पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x