साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मेरो हाकिम

Nepal Telecom ad

कतिसम्म हरामी छ बोल्नुहुन्न अरुसँग
छट्पटिन्छ त्यसै हेर मलाई नेत्र तर्दछ
डर होला अरु कोही कुर्सी बसिदिन्छ कि
गजधम्म हमेशा ऊ टाँसिन्छ त्यसैमा बसी ।

कामै छैन कुनै खालि भित्र बाहिर गर्दछ
हाँस्नै हुन्न अरु कोही रिसले जलिमर्दछ
खैनी माड्छ थुकी पिच्च चुरोट नि उडाउँछ
घन्टी रन्न बजाउँछ विना काम अराउँछ ।

शङ्कालु छ हदैसम्म चियो गर्छ गराउँछ
के पो हुने भयो भन्दै भित्रभित्रै डराउँछ
खडा हुन्छन् कुनै भक्त आफ्नो पीर सुनाउँछ
जालझेल कसो गर्ने योजना नि बनाउँछ ।

आफ्नै ठान्छ सबै वस्तु अफिसमा भएजति
फोटोकपि रुँगी बस्छ फोन गर्छ यताउति
जाउँलाझैं कठै ! गर्छ पैसासँग सधैं सती
राक्षसी छ खुराफाती हराएर सबै मति ।

छोराछोरी सबै उसका बाबुनानी कुरा गरी
काले काली अरुकाचैं नाम राख्छ अनेक थरी
जे गरे नि सबै काम उसका राम्रा भए अब
इमानदार भई मैले कसरी गर्नु गौरव ।

आफ्ना मान्छे भए कोही भत्ता काज दिलाउँछ
भ्रष्टाचार गरी आफू बिलमात्र मिलाउँछ
उसकै घर बडो हुन्छ उसकै मान ठूलो हुने
यस्तै मान्छे भए मालिक देशको कैले विकास हुने ?

दियाले, ओखलढुङ्गा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
तिमी हामी रमाउने

तिमी हामी रमाउने

इन्द्रकुमार श्रेष्ठ
हाम्रा उहाँहरू !

हाम्रा उहाँहरू !

इन्द्रकुमार श्रेष्ठ
हारेका नेताप्रति

हारेका नेताप्रति

इन्द्रकुमार श्रेष्ठ
उत्पात भो

उत्पात भो

हेम अधिकारी
पुनर्जन्म

पुनर्जन्म

अनिता काेइराला
देशका नाममा

देशका नाममा

मणि लाेहनी
कहरमा कुम्ल्याउने रहर

कहरमा कुम्ल्याउने रहर

डा. बमबहादुर जिताली
0
Would love your thoughts, please comment.x
()
x