साइबर अपराध सम्बन्धी सचेतना सामग्री

आमा तिम्रो नाम के हो ?

Nepal Telecom ad

हजुरबा छोरी भन्नु हुन्छ
मामा दिदी भन्नु हुन्छ
बाबा श्रीमती भन्नु हुन्छ
म आमा भन्छु
आमा तिम्रो नाम के हो ?

०००

म बिद्यालय गएँ
महाविद्यालय गएँ
त्यहाँ तिम्रो नाम चाहिएन
धेरैलाइ परिचय दिएँ
कसैबाट तिम्रो नाम सोधिएन
म बालिग भएँ
मताधिकार पाएँ
मेरो परिचयपत्रमा तिम्रो नाम लेखिएन ।

०००

म नागरिक भएँ
बाबुकै नामबाट
म जागिरे भएँ
बाबुकै नामबाट
म बेनाम आमाकी छोरी
भन आमा तिम्रो नाम केहो ?

कसैबाट सोधनी नभएको
कतै उच्चारण गर्न नपरेको
तिम्रो नाम
सार्बजनिक गर्न चाहन्छु म
धर्ती भन्ने उपनाम होइन आमा
मलाई तिम्रै नाम चाहिन्छ
आमा तिम्रो नाम केहो ?

रविभवन, काठमाडौं
‘आगो’ कविता सङ्ग्रहबाट 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
प्रतिफल

प्रतिफल

लक्ष्मी माली
म लाछी

म लाछी

हेमराज पन्त
सभ्य सवाई

सभ्य सवाई

डिल्लीप्रसाद मूलतिहुन
कर खोई ?

कर खोई ?

भोलानाथ सुबेदी
नेपालभित्र

नेपालभित्र

हरिप्रसाद घिमिरे
नाङ्गो शहर

नाङ्गो शहर

विप्लव प्रतीक
तीजकी श्रीमती

तीजकी श्रीमती

बालकृष्ण खनाल
0
Would love your thoughts, please comment.x
()
x