डा. छायादत्त न्यौपाने ‘बगर’देशका निम्ति
मैले खाएँ घुस यदि भने देशकै निम्ति खाएँ,
मैले माया उनीसँग पनि देशकै निम्ति लाएँ,
देशै निम्ति जीवनभरमा अन्नको रास खाएँ,
पानी खाई रगत पसिनासाथले बाँची आएँ ।
दिसापिसा, थुक र अरू थोक देशकै निम्ति अर्पें,
सारा जीवन छलचुकलीमा पार्टीकै निम्ति तर्पें ।
धाएँ, गाएँ, मनबीच ठूलै स्वप्न मैले सजाएँ,
धुर्त्याइँको नवमुलुकको राज मैले चलाएँ ।
काठमाडौं
Subscribe
Login
0 Comments
Oldest





































