साइबर अपराध सम्बन्धी सचेतना सामग्री

माझीको मतो गर्दा सात गाउँ डुबे

Nepal Telecom ad

‘नेपाल गाउँ नै गाउँले भरिएको देश हो’ भनेर विद्यार्थीलाई रटाउँदा पनि हैरान परियो बा ! मान्छे जति सबै सहरतिर लागे । गाउँमा त असी पुगेर आँखा बसिसकेका बुढाबुढी र बुद्धि पसिनसकेका केटाकेटीहरू पो बाँकी छन् । यस्ता गाउँमा चाहे बाढी आओस् चाहे पहिरो जाओस् कसलाई के मतलव ? खेतबारीमा वनमारा पलाए, गोठका भैँसी मम पसलमा चलाए । यो अवस्था थाहा भई भई पनि आफ्नो गाउँ आपैm बनाऔँ भनेर गाउँकै खिल्ली उडाउन भने लाजै लाग्दैन कसैलाई । मलाई भने झोँकै चलेर आउँछ । यी जाबा गाउँहरू पहिराले पुरे पनि हुन्छः बाढीले बगाए पनि हुन्छ, डुबाए पनि हुन्छः कसैले हारगुहार गरेछ भने म पनि वनमान्छे नै हैन, ल जा ।

आफूलाई गाउँ भन्ने शब्द सुन्दा पनि रिस उठिरहेका बेलामा ‘सहरिया जीवनभन्दा गाउँले जीवन वेश’ भन्ने वादविवाद पनि थपियो । त्यसपछि त मेरा कन्सिरीका रौँ तातिहाले । सहरका ठुल्ठुला बिल्डिङभित्र घुम्ने कुर्चीमा बसेर ढलीमली गर्दै देश विकासका गफ गर्न जत्तिको आनन्द गाउँका पाखा–पखेरामा पसिना चुहाउँदै मेलापात गर्दा हुन्छ ? गाउँमा हरिया ताजा तरकारी फलफूल पाइन्छ रे ! भुत्रो पाइयो ! हात पाखुरा चल्ने सबै अरबमा भेँडा चराउन गए । यहाँ तिनका बाउले गरेर फल्दो रैछ र ताजा तरकारी ? दुध केले दिन्छ ? भन्ने प्रश्न गर्दा ‘डेरीले’ भन्ने उत्तर दिने ठाउँमा बसेर गाउँ मन पराउनु कत्तिको सान्दर्भिक हो कुन्नि ! किताबको पाना नै च्यातेर फ्याकुँ झैं हुन्छ मलाई । विद्यार्थीलाई पनि उल्टो उल्टो पढाइदिन्छु । लौ आओ कार्वाही गर्न ! कसले सक्छ ? एउटा इमान्दार शिक्षकलाई । त्यत्रो समय खर्च गरेर, त्यतिका बजेट स्वाहा पारेर एउटा जाबो संविधानको खोस्टो बनाउन नसकेर गाउँ फर्कन पनि लाज लागेको छ बेइमान नेताहरूलाई ।

कहीँ नभएको जात्रा हाँडीगाउँमा भने झैं हाम्रै देशमा संविधान सभाको दोस्रो चुनाव ! त्यो पनि अनिश्चित । सहरमा बसेर रहर नपुगेकाहरूको कुरा मलाई थाहा भएन । नब्बे पुगेर हब्बे न कब्बे भएका गाउँका ठाउँ ठाउँमा बसेका माउहरूले त माझीको मतो गर्दा सात गाउँ डुबे भनिरहेछन् । हैन के हो यसको अर्थ ? तपाइँलाई यसको अर्थ थाहा छ भने खुलस्त पारिदिए म पनि कृतज्ञ हुने थिएँ ।

बम्घा, गुल्मी

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
चैते नेता

चैते नेता

काशीनाथ मिश्रित
पर जा तन्त्र

पर जा तन्त्र

काशीनाथ मिश्रित
जनता जनार्दन

जनता जनार्दन

काशीनाथ मिश्रित
कागलाई बेल पाक्यो हर्ष न विस्मात !

कागलाई बेल पाक्यो हर्ष...

काशीनाथ मिश्रित
आगलागी झुपडी डेढ घडी भद्रा

आगलागी झुपडी डेढ घडी...

काशीनाथ मिश्रित
बहुदल पार्टी

बहुदल पार्टी

काशीनाथ मिश्रित
0
Would love your thoughts, please comment.x
()
x