साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कम्पास

Nepal Telecom ad

मुर्कट्टालाई टोपी
सुहाउँछ भने लगाओस्,
बाउबाजेभन्दा अघि
नाति जन्मिन्छन् भने जन्मियून् र,
हिडून् खुट्टालाई टाउकाले टेकेर ।

आखिर समय,
बाङ्गोटिङ्गो रेखा न हो,
यो कहिले र कुन युगमा
सीधा खिचिएको छ र ?
भोलि गुरुत्व
समय सापेक्ष हुनसक्छ अनि,
न्युटनको स्याउ
जमिनबाट खसेर
आकाशमा झर्न सक्छ ।

नाप्ने नै हो भने,
स्वर्गको उचाइमा
नर्कको गहिराइ हुन्छ,
त्यसैले–
दुःख रमाउँदै जावोस्
सुखको बिचल्ली होस्
होश ढलेर बेहोस होस्
केही गुनासो छैन किन कि,
हिरण्यको घरमा प्रल्हाद नजन्मेको हो र ?

आखिर,
जिन्दगीलाई उत्तर देखाउने
कम्पास सबैसँग छ ।

काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
हाम्रो बचाऔँ अस्मिता

हाम्रो बचाऔँ अस्मिता

फित्काैली डटकम
आँधी

आँधी

मिश्र वैजयन्ती
बोक्सीका ताजा बात- ९

बोक्सीका ताजा बात- ९

गायत्री परिरोशनी
अन्तर्य

अन्तर्य

मीनप्रसाद लामिछाने
0
Would love your thoughts, please comment.x
()
x