असल मान्छेको साथ
म नहोच्याइएको भए
तिमी कहाँ अग्लो देखिन्थ्यौ र ?
तिमी त्यति भ्रष्टाचारी नभएको भए
मेरो देशलाई
स्वर्ग बनाउन
कहाँ पो तगारो लाग्थ्यो र ?
तिमी अग्लो देखिने धुनमा
समुद्रको गहिराइमा भासिँदै छौ
म र मेरो देश होच्याएकै ईखमा
सगरमाथाको शिरमा रूपान्तरण हुँदै छौँ ।
मलाई अग्लो देखिएर होचिएकाहरूभन्दा
होच्याइएर अग्लो देखिएकाहरू
औधी मन पर्छ,
मलाई ठूलो मान्छेको हुङ्कारभन्दा
साना तर असल मान्छेको
बानी मन पर्छ,
साथ मन पर्छ,
त्यसैले नरोक
असल मान्छेको साथ,
नझुकाऊ सगरमाथाको माथ ।
नवलपरासी