साइबर अपराध सम्बन्धी सचेतना सामग्री

आधा दर्जन ठोक्तक– ४

Nepal Telecom ad

१.
कोही भव्य महलमा अपच हुन्जेल खाइरहेछन्
कोही झुपडीमा भोकको रोगले छट्पटाइरहेछन्
कस्तो असमान छ यो समाज, यो दुनियाँ
कोही दुःखमा रोइरहेछन्, कोही सुखमा रमाइरहेछन् ।

२.
वस्त्रावेष्ठित छौ तापनि नाङ्गो देखिन्छौ तिमी
बाहिर सोझो लाग्छौ भित्र बाङ्गो देखिन्छौ तिमी
उज्यालोमा अक्सर रूप बदल्छौ चिन्नै सकिन्न
अँध्यारोमा भने एकदमै उदाङ्गो देखिन्छौ तिमी ।

३.
कहिले यता उता दगुर्छन् नेताजीहरू
कहिले मस्त निद्रामा घुर्छन् नेताजीहरू
कुरा आदर्श गर्न सिपालु अत्यन्त हुन्छन्
मौका परेमा गल्छेडो कुर्छन् नेताजीहरू ।

४.
मिठा मिठा कुरा गर्छन् मुलुक खाने मनुहरू
माथि चढ्छन् तल झर्छन् मुलुक खाने मनुहरू
भर्दै बारुद बन्दुकमा छर्दै काँडा सडकमा
पारि तर्छन् वारि सर्छन् मुलुक खाने मनुहरू ।

५.
सिङ गैँडाको बाहेक अन्य जन्तुको खाग हुन सक्दैन
जाडो बढ्यो भन्दैमा मङ्सिर, माघ हुन सक्दैन
हैसियत र पहिचान हरेकको आफ्नै आफ्नै हुन्छ
जति नै ठूलो भए पनि बिरालो बाघ हुन सक्दैन ।

६.
महानगरमा इमान बन्धकमा हुन्छ
सज्जनहरूको पहिचान बन्धकमा हुन्छ
काला व्यापारी हुन्छन् उन्मुक्त यहाँ
मुर्ख पुजिन्छ विद्वान् बन्धकमा हुन्छ ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
आधा दर्जन ठोक्तक

आधा दर्जन ठोक्तक

डा.घनश्याम परिश्रमी
चार ठाेकान

चार ठाेकान

रमेश समर्थन
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
बेलाको बोली-१६६

बेलाको बोली-१६६

डा. ऋषि बस्ताकाेटी
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
गणतन्त्र

गणतन्त्र

फित्काैली डटकम
दुई ठोक्तक

दुई ठोक्तक

तेजविलास अधिकारी
0
Would love your thoughts, please comment.x
()
x