साइबर अपराध सम्बन्धी सचेतना सामग्री

शरणार्थी

Nepal Telecom ad

(संसारका सबै शरणार्थीहरूमा समर्पित छ– यो कविता)

हिंस्रक राज्यसत्ता र समयको उत्ताउलो बाढीले
बगाउँदै ल्याइपुर्याएको छ जसलाई यो बगरसम्म
म त्यही अभागी रुख हुँ ।

यात्री !
उखेलेर हेर्नु न,
माटोमुनि गाडिएका
कुनै स्थायी जराहरू छैनन् मसँग ।
मेरो ज्यानको मौलिक वासना
पुछेर गएको छ उन्मत्त भेलले ।
फूलहरू झारेर गएको छ– आँधीले ।
बचेका केही पातहरू छन्
जो मेरो छेउबाट गुज्रिनजाने बताससँग ठोक्किएर
दुखका गीतहरू सुसेलीरहन्छन्
चोटिल केही जराहरू छन्
पीडाका कथाहरू सुनाइरहन्छन् ।

यो अनिश्चित बगाइमा
ढुङ्गामा बज्रिएको छु धेरैपटक
र शरीरभरि घाउहरू बोकेर हिँडेको छु ।
भूमरीहरूमा फसेको छु धेरैपटक
र मस्तिष्कभरि रिङगटाहरू बोकेर हिँडेको छु ।
मेरो खाली हाँगामा आएर
चराहरू गीत गाउन नबसेको धेरै भयो
जराकै ठेगाना हराएको म
बिउको सपना नदेखेको धेरै भयो ।
बिल्कुल फरक छ
म उम्रिएको भूगोल
र बग्दै बग्दै आएको यो सुख्खा ठाउँमा ।
फरक छ
मेरो सपनाको जङ्गल
र बिपनाको यो उराठलाग्दो भूमिमा ।

ज्यूँनका लागि केवल
जन्मभूमिका प्रिय स्मृतिहरू बाँकि छन्
नदीको किनारमा छु
तर तृष्णामा बित्ने पलहरू बाँकि छन् ।
कहिल्यै कहिल्यै नमेटिने
अतितका भोकहरू पनि बाँकि छन् ।
यात्री !
आँधीहुरीको यो दुनियाँमा
फेरि अर्को बाढी आउन सक्छ कुनै पनि समय
र बगाउन सक्छ मलाई कतै पनि ।
म एउटा पीडाको तमसुक
बाढीको आदेशमा
अर्को जाली हस्ताक्षर गर्नबाट जोगिनु छ
अहिले त सङ्घर्ष गरिरहेछु–
जराहरू गाड्न यो बन्जर भूमिमा ।

यात्री !
हेर्नू यो पृथ्वीमा
कुनै दिन त म अवश्य उभिनेछु
बाढीले नहल्लाउने भएर !
हिंस्रक राज्यसत्ता र समयको उत्ताउलो बाढीले
बगाउँदै ल्याइपुर्याएको छ जसलाई यो बगरसम्म
म त्यही अभागी रुख हुँ ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सर्दी

सर्दी

भूपिन खड्का
लज्जा !

लज्जा !

भूपिन खड्का
बुद्धि-बङ्गारा

बुद्धि-बङ्गारा

भूपिन खड्का
बुद्धि-बङ्गारा

बुद्धि-बङ्गारा

भूपिन खड्का
सिंहदरबार

सिंहदरबार

भोलानाथ सुबेदी
हाँसो

हाँसो

हरिप्रसाद घिमिरे
बेहुली घाम

बेहुली घाम

तारा पराजुली
उमेर र मन

उमेर र मन

नम्रता गुरागाइँ
पुरूषको जुनी हुन पाइनँ

पुरूषको जुनी हुन पाइनँ

कमला पन्थी अधिकारी
वृद्धका कष्ट

वृद्धका कष्ट

कल्पना अधिकारी
0
Would love your thoughts, please comment.x
()
x