साइबर अपराध सम्बन्धी सचेतना सामग्री

आधा दर्जन ठोक्तक (५)

Nepal Telecom ad

१.
फोहोरमा हिड्नेहरू सांसद बनेका छन्
पैसाले मत किन्नेहरू सांसद बनेका छन्
जनतालाई फकाएर खुवाउँछु भन्दै
लोहोरो उसिन्नेहरू सांसद बनेका छन् ।

२.
बाग्मतीमा शुद्ध जल खोज्दै छौ तिमी
कायरभित्र आत्मबल खोज्दै छौ तिमी
बगाएर बगरमा पानी पसिनाको
लगानीको प्रतिफल खोज्दै छौ तिमी ।

३.
हाल्न आँखाहरूमा छारो मन पर्छ उहाँलाई
नरम रुचाउनु हुन्न सारो मन पर्छ उहाँलाई
हर्मम देखिनु हुन्छ उज्यालोको बध गर्न उत्सुक
जुनेली रातमा पनि अँध्यारो मन पर्छ उहाँलाई ।

४.
धार विनाको तरवार बेकार छ
विवेक विनाको विचार बेकार छ
हरेक कुराको आफ्नै आधार हुन्छ
शासन विनाको सुधार बेकार छ ।

५.
गहिरो नदीको प्रवाहमा जङ्घार खोज्दै छु म
खण्डहर जस्तो बूढो सहरमा जीर्णोद्धार खोज्दै छु म
खोजी अलि भिन्न प्रकारको छ अचेल मेरो
बेइमानहरूको बस्तीमा इमान्दार खोज्दै छु म ।

६.
हरियालीको नारा दिँदै जङ्गल फाड्दै छौँ हामी
मेलमिलापको लक्ष्य लिँदै एकता भाँड्दै छौँ हामी
हावातालमा समृद्धिका कुरा भने खुब गर्छौं
गरिबलाई उठाउँ भन्दै गरिबी बाँड्दै छौँ हामी ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
आधा दर्जन ठोक्तक

आधा दर्जन ठोक्तक

डा.घनश्याम परिश्रमी
चार ठाेक्तक

चार ठाेक्तक

रमेश समर्थन
चार ठाेक्तक

चार ठाेक्तक

घनश्याम रेग्मी
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
बेलाको बोली- १६७

बेलाको बोली- १६७

डा. ऋषि बस्ताकाेटी
0
Would love your thoughts, please comment.x
()
x