साइबर अपराध सम्बन्धी सचेतना सामग्री

एउटा यात्री

Nepal Telecom ad

उतिसका पातहरू साउती मारिरहेछन्
सल्लाहरू आँसु झारिरहेछन्
चम्पापुर उक्लिँदैछु
मेरो बन्दुक चूप बसेको छ
यात्रा छाँटिएर
बीच बाटोमा रोकिएको छ
सेनलाई बोकेर म
उनकै छायामा हिँडिरहेछु
टन्टलापुर घाममा
साथी बुझ्दैन
सेनको गन्ध सुँघ्दै
उनकै वास्नामा
म पौडी खेलिरहेछु
मानिसको खोजीमा
माक्र्सवादले सिँगारिएर
सेनको गुलाफमा उभिएको छु
कुनै आकृति बदल्नु छैन
निन्तर
माओ झैं संसार बदल्न
लामो यात्रा हिँडेको छु
चन्द्रागिरिको जङ्गलै जङ्गल
ऐँसेलुमा बाँचेर
मन आश्वासनहरू
प्रसाद झैं बाँड्छ
मानव बगैैंचा भित्र
कृष्णसेन उभिन्छ
व्वाँसाहरूको चिथराइले
हाम्रो मुन्टो लर्किन्छ
छलछामका अनावरण झण्डाका पर्दाहरूले
वर्गीय लडाई छेक्छ
प्रत्येक क्षण
काला बाघहरू
पहेँला चितुवाहरू
हाम्रो घरवरिपरि
ओहोर दोहोर गरिरहन्छन्
मेरो हातमा क्षेप्यास्त्र छ
चन्द्ररागिरिको टुप्पोबाट
धरहरा ताकिरहेछु
न्यायको खोजीमा
मेरो घरको ठूलो ढोका
खोल्न खोज्दै छन्
पहाडमा घनश्याम ठोकिन्छ
वायु प्रदूषणका ठेकेदारहरू
चरा झैं उड्न दिँदैन
खुला आकाशमा
मेरो पद यात्रा
पसिनाको नदी झैं बगिरहेको हुन्छ
विभाजित चेतनाहरू
चिराचिरा झैं चिरिएका छन्
जेललाई घर बनाएर
मानिसहरूको वधशाला गरिरहेछ
सेनलाई सम्झेर
माउतेहरूलाई मर्मत गर्न
एक हुल मानिस लिएर
म चन्द्ररागिरि उक्लिएको छु
चराहरू हाम्रै प्रतीक्षारत छन्
गाइने चरोको हिक्काले
आदेश गरिरहेथ्यो
म बारुला झैं  क्रुद्ध हुँदै
काठमाडौं र मकानपुरलाई झम्टिएँ
उक्किन लागेको लोकतन्त्र
तिनै ब्वाँसाहरूलाई दोसल्ला ओडाइरह्यो
समाजले पचाउनै नसक्ने
तान्डव नृत्य देखाएर
मलाई उल्लु बनाउन खोजेर
धँगेराका हाँगा लुछेर
मेरो बाटो रोेक्न
राष्ट्रिय चितुवाहरू
यत्रतत्र छरिएका छन्
परिवर्तनका तृप्तिहरू उम्लिरहेछन्
चन्द्ररागिरिबाट
क्रान्ति नायक संघार खोल्न नसकेर
मजेरीमा पछारिएको छ
विचारको बाटो नहिँड्नाले
मुर्दा भएर लडेको छ
यसपाली हामीले युद्ध जित्नु छ
हामीसँग परिसंवाद गर्न सक्तैन
प्रभुसत्ताको वरिपरि घुम्दा
हामीले उछिन्नै पर्छ
अनेकौं यात्राबाट
कुसैबाट फर्कने पालो
पसिनाले आँत भिजाउँदै
फूलको वास्ना लिएर
एकपल्ट युद्ध लड्दै छौं
इच्छुक भएर
एउटा यात्री बिहान
चन्द्ररागिरि हिँड्छ
कृष्ण सेनको मुटु भएर

काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
हाँसो !

हाँसो !

हाेमनाथ घिमिरे
बोको

बोको

डा. विप्लव ढकाल
वर्क फ्रम होम

वर्क फ्रम होम

लक्ष्मण नेवटिया
मुखौटा

मुखौटा

इन्द्रकुमार श्रेष्ठ ‘सरित’
सपनासिबाय

सपनासिबाय

डा. अमर गिरी
0
Would love your thoughts, please comment.x
()
x