प्रेम ओली ढकलपुरेजय गणतन्त्र
सुरक्षाकर्मीले पनि गन देखाउने
क्रान्त्रिकारीले पनि गनै देखाउने
कार्यकर्ताले पनि गनै देखाउने
गुण्डागर्दीले पनि गनै देखाउने
जसले पनि गन देखाउने तन्त्र
हैन यो कस्तो गणतन्त्र !
जय गणतन्त्र ।
ब्याज उठाउनेले पनि गन देखाउने
प्याज उठाउनेले पनि गन देखाउने
जुवामा लगानी गरी
असुली गर्नेले पनि गन देखाउने
पार्टीको रसिद काटी
चन्दा असुली गर्नेले पनि गनै देखाउने
हैन गनैबाट चल्ने हो कि यो गणतन्त्र
जय गणतन्त्र ।
चिट चोर्न पाइएन गनै देखाउने
घर फोर्न पाइएन गनै देखाउने
डिस्कोको बाउन्सर पनि गनै देखाउने
कलेजको डिआइ पनि गनै देखाउने
हैन गन चलाउने तन्त्र हो कि गणतन्त्र
जय गणतन्त्र ।
जनावरको तस्करले पनि गनै देखाउने
चन्दनको तस्करले पनि गनै देखाउने
ठेक्कापट्टा हात पार्न गनै चाहिने
आफ्नो बात माथि पार्न गनै चाहिने
गन मात्र पाइने हो कि गणतन्त्र
जय गणतन्त्र ।
अब हुँदा हुँदा
मन परेकी केटीले मानिन
गनै देखाउने
श्रीमती भात पकाउने जानिन
गनै देखाउने
सेक्रेटरी बोस फकाउन जानिनँ
गनै देखाउने
पुलिसले कैदी भगाउन मानिनँ
गनै देखाउने
देशलाई गनमय बनाउने हो कि गणतन्त्र
जय गणतन्त्र ।
दाङ, हाल : काठमाडौं
Subscribe
Login
0 Comments
Oldest





































