मरुभूमि नारायणबेला आयो
नयाँ लुगा च्यातेर लाउने बेला आयो
फट्याङ्ग्रो झैं उफ्रेर गाउने बेला आयो ।
बाङ्गो औंलाले घीउ बाङ्गै आउँछ क्यार
बीन बजाएर सर्प धपाउने बेला आयो ।
सुन्दरीको सुनद्वारमा हराउँछन् कति
देको चिनो फिर्ता नआउने बेला आयो ।
बल हुनेले चलाउँछ कोठाभित्र हैकम
सापटी देको धन पचाउने बेला आयो ।
सबै थोक उल्टो भए मुख किन हुन्न ?
मुसो देख्दा बिरालो डराउने बेला आयो ।।
उम्रिन पा छैन गर्ल फ्रेण्ड ब्वाइ फ्रेण्ड
नर्सरीमै डेटिङमा हराउने बेला आयो ।
भूत प्रेत बाघ भालु केही होइन यहाँ
मान्छेसँग मान्छे डराउने बेला आयो ।
वैज्ञानिकको कुनै महत्व छैन हजुर यता
विकास हैन विनाश गराउने बेला आयो ।
तनहुँ
Subscribe
Login
0 Comments
Oldest





































