फित्काैली डटकमहुक्का चिलिम् भेटे जति तान्छ
साबित्रा लुइँटेल घिमिरे
यता भन्छ उता भन्छ भट्टीतिरै जान्छ
जांड रक्सि हुक्का चिलिम् भेटे जति तान्छ !
कस्तो होला उसको बानी सुिध्रँदैन कहिले
उड्नेदेखि गुड्नेसम्म सबै कुरा खान्छ !!
पिएपछि बिचित्रै पो देख्नु पर्छ यहाँ
कालिदास् झैं बस्या डाली खुकुरीले हान्छ !!
कस्तो खाले अगति हो हेर तेस्को चाला
राम्री जति सबैलाई आफ्नै स्वास्नी ठान्छ !!
कुरा पनि कति जान्या पिएपछी उस्ले
हेर्दाखेरि हुट्टीट्याउँ छ गफले घर धान्छ !!
झापा, बिर्तामोड
हाल–इजरायल
Subscribe
Login
0 Comments
Oldest



































