पुरुषोत्तम सुवेदीयतिखेर
झिँगटीको छानामा
घुर्दैछ बुढो परेवा
पोथितिर हेर्दै
बितेको समयको नोस्टाल्जीया
गडगडाएर बग्दैछ तमोर
रगत मिसिएको पानी
र जलिरहेछ मिनीटाटा मालबाहक
आगोका लप्काहरूको राजमार्गमा,
टिभीको प्रत्यक्ष प्रसारण
नयाँ वर्षको बजेट
ध्यानसँग सुन्दै छ
भाडाको बुद्धिजीवी
गर्नु छ भोलि अपव्याख्या उसले
एनजीओले आयोजना गर्ने सेमिनारमा,
खिचडी पाकिरहेछ
नयाँ लङगरमा
र बास्नाले अभिमत
नया सपनाहरू नखरा साथ
खान्छन् अविश्वास भोजन
हाम्रै खप्परमा पस्केर,
यतिखेर,
म केही गर्न सक्दिन
केवल सम्झना गर्छु
प्रतिबद्ध हृदयले असल दिनहरूको ।
कलङ्की, काठमाडौँ
Subscribe
Login
0 Comments
Oldest






































