सुलसुलेआरम्भको ४६ औँ बहुभाषिक कविगोष्ठी
काठमाडौ, आरम्भले आफ्नो ४६ औँ शृङखला अन्तर्गत बहुभाषिक कविगोष्ठी भव्यरुपमा सम्पन्न गरेको छ । नेपाली साहित्य वाङमयका वरिष्ठ साहित्यकार गोपाल पराजुलीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा ललिता दोषी, उदयचन्द्र दास, ईश्वरी कार्की वर्षा, नरनारायण शर्मा, सुशीला खड्का हसिना, राजेश चोच्छे, वामदेब शर्मा, प्रवीण भण्डारी, ऋचा, पूण्य आचार्य, मेदिनीकुमार केवल, प्रेम ओली, जयन्ता पोखरेल, निर्मल रिमाल, प्रभाकर पाण्डे, जनार्दन अधिकारी, विजय विश्वास, दिनेश लुइँटेल, लक्ष्मी ऐडी, प्रीति कौर, स्मिता श्रेष्ठ, केशवराज जोशी, भिजन गुरागाइँ, लक्ष्मी श्रेष्ठ, राजन न्यौपाने, लगायत तीन दर्जन स्रष्टाहरूले आआफ्ना सिर्जना प्रस्तुत गरेका थिए ।
प्रस्तुत गरिएका सिर्जना नेपाली, अवधी, हिन्दी, हुम्ली र अङग्रेजी भाषामा लेखिएका कविता, गीत, गजल र मुक्तकहरू समावेश थिए । वाचन गरिएका सिर्जनामाथि समालोचक कालीप्रसाद पोखरेलद्वारा समीक्षात्मक टिप्पणी गरिएको थियो ।
आरम्भका अध्यक्ष प्रेम ओलीले धन्यवाद ज्ञापन गरेपछि प्रमुख अतिथि गोपाल पराजुलीद्वारा मन्तव्य सहित आफ्नो कविता सिर्जना प्रस्तुत गरिएको थियो ।
Subscribe
Login
0 Comments
Oldest











































