साइबर अपराध सम्बन्धी सचेतना सामग्री

ठूलो मान्छे

अनाडीले केरा खाए झैं म मूर्ख धनीले देखाउनुछ सक्कली चरितार्थ यहाँ मौका यही हो चुनाव जित्नु छ जसरी फेरि यो मौका आउँछ र कहाँ ।

Nepal Telecom ad

पुरूषाेत्तम सुवेदी :

मलाई मन लागेको छ जसरी भए पनि ठूलो मान्छे बन्न यहाँ
म त पहिले जन्मेको हुँ मलाई के खाँचो भिरालो खोरिया खन्न यहाँ ।

थाहा केही नभए पनि मन लागेकोछ मलाई ठूलो मान्छे बन्न
अरु घुम्ने कुर्चीमा रमाएको देख्दा दुःखी हुन्छ मन मेरो खिन्न ।

राजननीतिक बखेडा थापेर हुन्छ वा जातिय भर् याङ लगाएर हुन्छ
म जसरी भए पनि ठूलै हुनुछ यस घडीमा नभए मन मूर्ख मेरो रुन्छ ।

म को हुँ देश कुन हो सँस्कृति के हो के मतलब मलाई यहाँ
जुन पाना शिलापत्रमा मेरो नाम लेखाउनु छ मलाई यहाँ ।

सामदाम दण्ड भेदले भए पनि ठूलै हुनुछ मलाई यहाँ
आफू मरे डुमै राजा भन्ने चरितार्थ बल्ल अब देखाउनुछ मलाई यहाँ ।

बिरोधीहरुलाई खत्तम गरी आफ्नो बाहुल्य बनाउनुछ यहाँ
धनै खर्चेर भए पनि अब त म हुनु छ ठूलो मान्छे यहाँ ।

भन्छन् बलिया बांगाहरुको दिन हो या सुन्दिन अरुको कुरा यहाँ
बोले ठोकी दिन्छु सहजै मेरो शक्ति छ नेता बन्नु छ मलाई यहाँ ।

उम्मेदवारी दिएका छन् ती ठूला हुन् हराउछन् कि मलाई यहाँ
अपहरण गरी दिन्छु सालेहरुलाई ठूलो बन्नु छ मलाई यहाँ ।

नियम कानुन अड्डा अदालतको केही खाँचो छैन मलाई यहाँ
जो जस्को प्रयोग गर्दा ठूलो भइन्छ जसरी त्यही काम गर्दछु म यहाँ ।

समाजसेवीहरुलाई अगाडि आउनै दिनुहुन्न कसै गरी यहाँ
जसरी भए पनि ठूलो हुन वोल्र्ड डट् कममा नाम निकाल्नु छ यहाँ ।

अनाडीले केरा खाए झैं म मूर्ख धनीले देखाउनुछ सक्कली चरितार्थ यहाँ
मौका यही हो चुनाव जित्नु छ जसरी फेरि यो मौका आउँछ र कहाँ ।

धनी भएपछि ठूलो भईन्छ रे भर्ती लिन्छन् रे राजनीतिज्ञले पनि
अँ त नि हेलो हाई गर्न थाले सबैले ठूलो भएछु यहाँ म पनि ।

०००
काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
तोला तोलामा मान्छे

तोला तोलामा मान्छे

अनिता काेइराला
गुण र दोषको मृत्यू

गुण र दोषको मृत्यू

डा. लोकेन्द्रप्रसाद पौड्याल
व्यङ्ग्य गुट्का

व्यङ्ग्य गुट्का

लक्ष्मण नेवटिया
0
Would love your thoughts, please comment.x
()
x